शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

भुटान एयरलाइन्सको काठमाडौं-दिल्ली उडानको भाडा ८ हजारदेखि सुरू, सय डलर थप तिरेर बिजनेस क्लास अपग्रेड गर्न मिल्ने

बुधबार, फागुन २३ २०८०
भुटान एयरलाइन्सको काठमाडौं-दिल्ली उडानको भाडा ८ हजारदेखि सुरू, सय डलर थप तिरेर बिजनेस क्लास अपग्रेड गर्न मिल्ने

भुटान एयरलाइन्सले पारो-काठमाडौं-नयाँ दिल्ली  उडान गर्छ।

काठमाडौं- भुटान एयरलाइन्सले काठमाडौं-नयाँ दिल्ली उडानमा विशेष अफर ल्याएको छ। इकनोमिक क्लासमा टिकट लिएकाहरूले विमानस्थलको काउन्टरमै गएर अतिरिक्त शुल्क तिरेर बिजनेस क्लास अपग्रेड गर्न मिल्ने अफर ल्याएको हो। 

भुटानले काठमाडौंबाट नयाँ दिल्लीको भाडा ८ हजार ५४२   रुपैयाँदेखि सुरु हुनेछ। यसरी सामान्य फेयरमा टिकट लिएका यात्रुले विमानस्थलो काउन्टरमा गएर एक सय डलर तिरेर बिजनेस क्लास अपग्रेड गर्न मिल्ने भएको छ। 

सामान्यतया जुन वर्गको टिकट लिएको सोही स्किममा बोर्डिङ पाइन्छ तर भुटानले भने काउन्टरमै बिजनेस क्लास अपग्रेडको अवसर दिने भएको छ। 

भुटान एयरलाइन्सले पारो-काठमाडौं-नयाँ दिल्ली  उडान गर्छ। 

भुटानसँगको हवाई सम्झौता अनुसार नेपालको विमानस्थलमा भुटानका एयरलाइन्सले फिफ्ट फ्रिडम फ्लाइटको सुविधा पाएका छन्। यस्तो सुविधामा हप्तामा सात उडानको भुटानका एयरलाइन्सले पाउँदै आएका छन्। यसमा ड्रुक एयरले तीन र भुटान एयरलाइनले चार उडान पाएको छ।


प्रकाशित : बुधबार, फागुन २३ २०८००९:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend