सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

नेपाली बजारमा भित्रियो आइसरको इन्जिन आयल

मंगलबार, फागुन २२ २०८०
नेपाली बजारमा भित्रियो आइसरको इन्जिन आयल

सबै व्यवसायीका साथमा रहेर गुणस्तरीय इन्जिन आयल र स्पेयर पार्ट्ससमेत उपलब्ध गराउन बतास एमएडब्लू प्रतिबद्ध रहेको बतास एमएडब्लूका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतासले बताए।

काठमाडौं- नेपालका लागि आइसर कमर्सियल भेहिकल्सको एकमात्र आधिकारिक वितरक बतास एमएडब्लू कमर्सियल भेहिकल प्रालिले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै आइसरको इन्जिन आयल भित्र्याएको छ।

टंगालस्थित बतास एमएडब्लू प्रालिको मुख्य कार्यालयमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतासले आइसरको इन्जिन आयल भित्र्याएको जानकारी दिए।

कार्यक्रममा बतास एमएडब्लूका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतासले आइसर्स इन्जिन आयल र स्पेयर पार्ट्ससहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए। सबै व्यवसायीका साथमा रहेर गुणस्तरीय इन्जिन आयल र स्पेयर पार्ट्ससमेत उपलब्ध गराउन बतास एमएडब्लू प्रतिबद्ध रहेको उनले बताए।

सवारीसाधनको अधिकतम कार्यसम्पादन, दीर्घायु र दक्षता सुनिश्चित गर्न आइसर्स उत्पादकहरूले सिफारिस गरेका वास्तविक लुब्रिकेन्टहरू प्रयोग गर्नु बुद्धिमानी भएको प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले बताए।

कम्पनीका अनुसार आइसर कम्पनीद्वारा उत्पादित इन्जिन आयल, ट्रान्समिसन आयल, इन्डष्ट्रियल आयल आदि नेपाली बजारमा उपलब्ध हुनेछन्। आइसर ल्युब फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारी साधनमा सो इन्जिन आयल प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ।


प्रकाशित : मंगलबार, फागुन २२ २०८०१८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend