सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

ग्लोबल आईएमई बैंकका दुईवटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

सोमबार, फागुन २१ २०८०
ग्लोबल आईएमई बैंकका दुईवटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

यी दुई नयाँ शाखारहित बैंकिङ सेवाको सञ्चालनसँगै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या २ सय ७७ पुगेको छ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले थप दुई स्थानबाट शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ।

बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँको बन्दिपुर गाँउपालिका-६, हुस्लाङ र बन्दिपुर गाँउपालिका-६, सारांघाटमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।

यी दुई नयाँ शाखारहित बैंकिङ सेवाको सञ्चालनसँगै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या २ सय ७७ पुगेको छ। 

मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको यस बैंकले ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एकसयभन्दा बढी सेवा केन्द्रबाट ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको बैंकले जनाएको छ।


प्रकाशित : सोमबार, फागुन २१ २०८०१८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend