बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नयाँ गठबन्धनसँगै तीन मन्त्रीको सपथ

सोमबार, फागुन २१ २०८०
नयाँ गठबन्धनसँगै तीन मन्त्रीको सपथ

थप मन्त्रीको नियुक्ति र शक्ति बाँडफाँटका लागि पार्टी नेतृत्वमा छलफल जारी रहेको छ।

काठमाडौं- कांग्रेससहितको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ मन्त्रीहरुले सपथ लिएका छन्।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन बनेसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त बिनाविभागीय मन्त्रीहरू माओवादीको तर्फबाट हितबहादुर तामाङ, एमाले पार्टीबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याललाई सपथ ग्रहण गराएका हुन्।

थप मन्त्रीको नियुक्ति र शक्ति बाँडफाँटका लागि पार्टी नेतृत्वमा छलफल जारी रहेको छ। 


प्रकाशित : सोमबार, फागुन २१ २०८०१७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend