शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

झापाको मेचीनगरमा अर्को पाँचतारे डिलक्स होटल 'रोयल रिक्रियसन' निर्माण हुने

सोमबार, फागुन २१ २०८०
झापाको मेचीनगरमा अर्को पाँचतारे डिलक्स होटल 'रोयल रिक्रियसन' निर्माण हुने

होटलको लगानीकर्ता प्रदीप मित्तल रहेका छन्। होटल निर्माणको लागत रिपोर्टमा उल्लेख नभए पनि ३ अर्ब लाग्ने अनुमान गरिएको छ।

काठमाडौं- झापाको मेचीनगरमा अर्को पाँचतारे डिलक्स होटल 'रोयल रिक्रियसन' निर्माण हुने भएको छ।

वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको होटल निर्माणका लागि तयार भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टअनुसार होटल मेचीनगर नगरपालिकाको वडा नम्बर १४ पाथीभरा टोलमा रहने छ। होटलको लगानीकर्ता प्रदीप मित्तल रहेका छन्। होटल निर्माणको लागत रिपोर्टमा १ अर्ब लाग्ने अनुमान गरिएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई सेवा प्रदान गर्ने उद्देश्यका साथ निर्माण तथा सञ्चालन गर्न लागिएको प्रस्तावित होटलमा १ सय ५८ पाहुना कोठामा ३०० शय्याहरू रहने रिपोर्टमा उल्लेख छ।

होटल पाहुना कोठाहरूसहित बैंक्वेट हल, कन्फेरेन्स हल, मिटिङ हल, ज्याकुजी, स्पा, स्टीम, साउना, मसाज, फिटनेस सेन्टर, स्विमिङ पुलजस्ता सुविधाहरू पनि रहने रिपोर्टमा उल्लखे छ।

रोयल रिक्रियसन नेपालले २०८० असार ६ गते वन तथा वातावरण मन्त्रालयबाट क्षेत्र निर्धारण र कार्यसूची स्वीकृत भएको थियो। प्रस्तावित होटल महेन्द्र राजमार्गस्थित धुलाबारी चोकबाट २.९ किलोमिटर र चारआली चोकबाट ३.१ किलोमिटर दक्षिण‍-पूर्व र नेपाल-भारत सिमाना काँकडभिट्टाबाट करिब ९ किलोमिटर पश्चिममा पर्छ।

होटल कुल ७ बिघा १ कठ्ठा क्षेत्रफलमा निर्माण हुनेछ। होटलको भवन भने २३ हजार ८ सय ८३ वर्गमिटरमा बन्नेछ। होटलको भवन ३ वर्षमा निर्माण हुनेछ। होटल ६ तल्लाको निर्माण हुनेछ।

होटलमा ३ सय वटा दुईपांग्रे र १ सय ७० वटा चारपांग्रे सवारी अट्ने क्षमताको पार्किङ निर्माण हुनेछ। तर रिपोर्टमा होटलको लागत अनुमान लुकाइएको छ।

यसअघि झापाको मेचीनगमै 'मेची क्राउन' पाँचतारे डिलक्स होटल सञ्चालनमा आइसकेको छ। 


प्रकाशित : सोमबार, फागुन २१ २०८०१७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend