सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनचाँदीको मूल्य स्थिर

सोमबार, फागुन २१ २०८०
सुनचाँदीको मूल्य स्थिर

आइतबार एकैदिन प्रतितोला दुईहजार रूपैयाँले बढेको सुनको मूल्य सोमबार भने स्थिर रहेको छ।

काठमाडौं- सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ। यो साता आइतबार एकैदिन प्रतितोला दुईहजार रूपैयाँले बढेको सुनको मूल्य सोमबार भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २१ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २० हजार चारसय रूपैयाँ कायम छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

आइतबार प्रतितोला १४ सय १० रूपैयाँ तोकिएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। 


प्रकाशित : सोमबार, फागुन २१ २०८०११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend