सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

भोलिदेखि टाटा टिपर एक्सचेञ्ज क्याम्प

सोमबार, फागुन २१ २०८०
भोलिदेखि टाटा टिपर एक्सचेञ्ज क्याम्प

एक्सचेञ्ज क्याम्पमा जुनसुकै ब्राण्डका टिपरहरुसँग टाटा एसके १६१३ र टाटा एलपीके २५२३ टिपर साट्न सकिनेछ।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कमर्सियल गाडीहरुलाई लाक्षित गर्दै टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना गर्न लागेको छ। 

एक्सचेञ्ज क्याम्पमा जुनसुकै ब्राण्डका टिपरहरुसँग टाटा एसके १६१३ र टाटा एलपीके २५२३ टिपर साट्न सकिनेछ। 

उक्त कार्यक्रम यहि २२ र २३ गते धादिङ स्थित सिप्रदी सर्भिस सेन्टर धार्केमा आयोजना हुन लागेको हो। टाटा एसके १६१३ र एलपीके २५२३ टिपर एक्सचेञ्ज गर्ने ग्राहकहरुले आकर्षक एक्सचेञ्ज बोनस तथा अन्य उपहारहरु प्राप्त गर्न सक्नेछन्। 

गाडी एक्सचेञ्ज तथा नयाँ खरिद गर्न चाहने ग्राहकहरु यस एक्सचेञ्ज क्याम्पमा सहभागी भइ भरपुर फाइदा उठाउन सिप्रदी ट्रेडिङले अनुरोध गरेको छ।


प्रकाशित : सोमबार, फागुन २१ २०८०११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend