शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एमाले अध्यक्ष ओलीको फेरिएको शैली, कांग्रेसप्रति गरम माओवादीप्रति नरम

आइतबार, फागुन २० २०८०
एमाले अध्यक्ष ओलीको फेरिएको शैली, कांग्रेसप्रति गरम माओवादीप्रति नरम

त्यो क्रममा उनले पनि नेपाली कांग्रेसकै आर्थिक नीतिलाई निरन्तरता दिएका थिए। २०४६ सालको राजनीतिक परिवर्तनपछि कांग्रेस नेतृत्वको सरकारले लिएको उदार अर्थनीतिको चर्को आलोचना गरेपनि एमाले आफैले सरकारको नेतृत्व गर्दा पनि त्यसलाई परिवर्तन भने गरेको छैन।

काठमाडौं- वर्तमान सरकार र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तिखो आलोचना गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले आज भने फरक भाषण गरे। 

पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै ओलीले सरकारको नेतृत्व गर्ने दल माओवादी र प्रधानमन्त्री प्रचण्डभन्दा कांग्रेस र उसका मन्त्रीहरूको आलोचनामा समय खर्चिएका छन्। 

वर्तमान अर्थमन्त्री डा प्रकाशशरणमहतको कार्यशैलीदेखि विगतकै कांग्रेसको नीतिको ओलीले चर्को आलोचना गरेका छन्। 

निजीकरणका नाममा कांग्रेसले भएका उद्योग बेचको र कांग्रेसको नीतिका कारणले अर्थतन्त्र समस्यामा परेको सम्म भन्न भ्याए। तर ओली आफै दुईपटक प्रधामन्त्री भएर सरकारको नेतृत्व गरेका थिए। त्यो क्रममा उनले पनि नेपाली कांग्रेसकै आर्थिक नीतिलाई निरन्तरता दिएका थिए। २०४६ सालको राजनीतिक परिवर्तनपछि कांग्रेस नेतृत्वको सरकारले लिएको उदार अर्थनीतिको चर्को आलोचना गरेपनि एमाले आफैले सरकारको नेतृत्व गर्दा पनि त्यसलाई परिवर्तन भने गरेको छैन। 

प्रधानमन्त्री प्रचण्डको आलोचना गर्दै आएका उनले आज भने नेपाली कांग्रेसका नेता तथा वर्तमान अर्थमन्त्री महतको चर्को आलोचना गरे। वर्तामान अर्थतन्त्रको समस्या समाधान गर्नसक्ने क्षमता नभएको भन्नसम्म उनले भ्याए। 

 


प्रकाशित : आइतबार, फागुन २० २०८०१८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend