सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

नेपालपे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका

आइतबार, फागुन २० २०८०
नेपालपे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका

फागुन १९ देखि सुरु भएको यो अफर चैत १७ सम्म उपलब्ध हुने कम्पनीले जनाएको छ।

काठमाडौं- नेपालपे क्यूआर स्क्यान गरी बिगमार्टको पोखरामा हालै खोलिएका पाँचवटा स्टोरहरुमा भुक्तानी गर्दा बम्पर उपहारमा एक थान हिरो स्कुटर जित्नसक्ने अफर सार्वजनिक भएको छ।

फागुन १९ देखि सुरु भएको उक्त अफर बिगमार्टको फूलबारी, बगर, रामबजार, सितलादेवी र पर्स्याङ स्टोरहरुमा चैत १७ सम्म उपलब्ध हुने कम्पनीले जनाएको छ। अफरअन्तर्गत पोखरामा रहेका बिगमार्टका स्टोरहरुमा ७ सय ५० रूपैयाँभन्दा माथिको सामान खरिद गर्दा स्टोरमा रहेको डाइनामिक क्यूआर स्क्यान गरी भुक्तानी गरी उक्त अफरको लाभ ग्राहकले लिन सक्नेछन्।

ग्राहकहरुले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्रायजसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ, वालेटहरु वा कनेक्ट आईपीएस प्रयोग गरी नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। 

नेपालपे क्यूआर नेशनल पेमेन्ट स्वीचअन्तर्गत क्यूआर भुक्तानीलाई  एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल-क्यूआर स्ट्यान्डर्डको पूर्वाधार हो। बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपालपे क्यूआरमा ४ लाख ६५ हजार र स्मार्ट क्यूआरको २ लाख ५० हजारसमेत गरी ७ लाख १५ हजारभन्दा बढी मर्चेन्टहरु आबद्ध गरेका छन्।


प्रकाशित : आइतबार, फागुन २० २०८०१४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend