सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

काठमाडौंमा नयाँ स्टेट अफ आर्ट शोरुम सञ्चालनमा ल्याउँदै सेरेस

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २० २०८०
काठमाडौंमा नयाँ स्टेट अफ आर्ट शोरुम सञ्चालनमा ल्याउँदै सेरेस

सेरेस हुवाएको निर्माण साझेदार हो र यसले सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ।

काठमाडौं- सेरेस ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प प्रालिले काठमाडौंको नक्सालमा नयाँ स्टेट अफ आर्ट सोरुम सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिरहेको छ। 

नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरीय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभुत गर्न स्टेट अफ द आर्ट शोरुमा सञ्चालनमा ल्याउन लागेको हो। 

नयाँ शोरुमले ग्राहकलाई सेरेसका विद्युतीय कारको स्तरीय आभाष दिलाउने दाबी कम्पनीको छ। ग्राहक अनुभवलाई केन्द्रमा राखि डिजाइन गरिएको यो शोरुममा विशाल एलइडी डिस्प्ले, सेरेसका पछिल्ला ईभी मोडेल, परामर्श र टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम हुनेछ।

नेपालमा सेरेसको उपस्थिति बलियो बनाउन र ईभीको बढ्दो मागलाई पूर्ति गर्न यो शोरुमको महत्वपूर्ण भूमिका हुनेछ। ग्राहकसँग प्रत्यक्ष सम्पर्क स्थापना गरेर सेरेसले बिक्री र बिक्रीपछिको सेवा उपलब्ध गराएर सेरेसले नेपालको हरित यात्रालाई गती दिनेछ।

सेरेसले यसअघि नै काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडौबाहिर पोखरा र बुटवल डिलर सञ्जाल विस्तार गरिसकेको छ। निकट भविष्यमा सेरेसले विर्तामोड, विराटनगर, नेपालगञ्ज, चितवन र भक्तपुरमा पनि शोरुम सञ्चालनमा ल्याउने जनाएको छ। 

सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको थियो।

सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ जसमा नेपाल ७१औँ स्थान बनेको छ।

सेरेस हुवाएको निर्माण साझेदार हो र यसले सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ।

संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीको मुटुमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामा अवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागि आफ्नो प्रतिबद्धता प्रदर्शन गर्दछ।

नेपालमा सेरेसले सेरेस थ्री र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराएको छ। 


प्रकाशित : आइतबार, फागुन २० २०८०१२:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend