सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

एकैदिन प्रतितोला दुईहजार रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार, फागुन २० २०८०
एकैदिन प्रतितोला दुईहजार रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला दुईहजार रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला २० रूपैयाँले महँगिएको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला दुईहजार रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला २० रूपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २१ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २० हजार चारसय रूपैयाँ कायम छ। 

चाँदी आज प्रतितोला एक हजार ४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, फागुन २० २०८०११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend