बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

नेपालको बाह्य सम्बन्ध १८२ देशमा विस्तार

images
शनिबार, फागुन १९ २०८०
images
नेपालको बाह्य सम्बन्ध १८२ देशमा विस्तार

टोंगाले १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको हो। नेपाल र टोंगा ग्रुप ७७ र चीनका सदस्य हुन्।

images
images

काठमाडौं- नेपालले टोंगा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। योसँगै नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार भएको छ।

images
images
images

कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी दस्तावेजमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र सोही विश्व संस्थाका निम्ति टोंगाका स्थायी प्रतिनिधि भिलिमी भ्याइङ्गा टोनेले हस्ताक्षर गरेका हुन्। नेपाल र टोंगाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई प्रदान गरिने पत्रमा पनि उनीहरुले हस्ताक्षर गरेका छन्।

images
images

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आज बिहान आयोजित एक कार्यक्रममा दुवै देशका स्थायी प्रतिनिधिले उक्त दस्तावेजमा हस्ताक्षर गरेको उक्त नियोगले जनाएको छ। 

images
images

त्यस अवसरमा दुवै देशका राजदूतले पारस्परिक सहयोग, द्विपक्षीय सम्बन्ध विस्तारका साथै क्षेत्रीय एवं अन्तरराष्ट्रिय मञ्चहरुमा सहयोग एवं साझेदारी प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

टोंगाले १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको हो। नेपाल र टोंगा ग्रुप ७७ र चीनका सदस्य हुन्। रासस


प्रकाशित : शनिबार, फागुन १९ २०८०११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend