शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नाडा अध्यक्षमा थापा विजयी, कार्यसमितिमा चौधरी समूहको वर्चस्व

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २४ २०७८
नाडा अध्यक्षमा थापा विजयी, कार्यसमितिमा चौधरी समूहको वर्चस्व

काठमाडौं-नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुब थापा निर्वाचित भएका छन्। थापाले करण चौधरीलाई पराजित गरेका हुन्। चौधरी पराजित भएपनि सदस्यमा भने उनकै प्यानलबाट बहुमत समस्य विजयी भएका छन्।

थापाले १४ सय १३ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी करण चौधरीले १३ सय ४७ मत पाएका छन्।
थापा र चौधरीले प्यानलनै खडा गरेर चुनावी मैदानमा उत्रिएका थिए। चौधरी हारेपनि उनको प्यानलका १२ जना विजयी भएका छन् भने थापाको प्यानलबाट ५ जना निर्वाचित भएका छन्।

चौधरी पक्षबाट राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, बिक्रम सिंहानिया, बरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल र गोपाल भट्टराई निर्वाचित भए। 

थापा पक्षबाट निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र यमुना श्रेष्ठ निर्वाचित भएका छन्।यो पटक दुबै समूहले प्यानल बनाएर १७/१७ पदमा उम्मेद्वारी दिएका थिए।

 


प्रकाशित : शुक्रबार, मंसिर २४ २०७८०१:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend