शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

फेब्रुअरीमा भित्रिए ९७ हजार ४ सय २६ विदेशी पर्यटक, गतवर्षभन्दा ३३ प्रतिशतले बढे

शुक्रबार, फागुन १८ २०८०
फेब्रुअरीमा भित्रिए ९७ हजार ४ सय २६ विदेशी पर्यटक, गतवर्षभन्दा ३३ प्रतिशतले बढे

फेब्रुअरीमा भारतबाट २५ हजार ५ सय ७८ पर्यटक नेपाल भित्रिएका छन्।

काठमाडौं- सन् २०२४ को फेब्रुअरीमा ९७ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

सन् २०२३ को यही समयमा ७३ हजार २ सय ५५ पर्यटक नेपाल भ्रमणमा आएका थिए। गतवर्ष भन्दा यो वर्षको फेब्रुअरीमा ३३ प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ।

सन् २०२४ को जनवरीमा ७९ हजार एक सय पर्यटक नेपाल भित्रिएका थिए। २०२३ को जनवरीमा ५५ हजार ७४ पर्यटक नेपाल आएका थिए।

फेब्रुअरीमा भारतबाट २५ हजार ५ सय ७८ पर्यटक नेपाल भित्रिएका छन्। जुन गतवर्ष भन्दा ३९ प्रतिशतले बढेको छ। गतवर्षको फेब्रुअरीमा १८ हजार ४ सय १ भारतीयले नेपाल भ्रमण गरेका थिए।

फेब्रुअरीमा दोस्रो धेरै चिनियाँ पर्यटक ९ हजार १ सय ८० जनाले नेपाल भ्रमण गरेका छन्। त्यस्तै अमेरिकाबाट ९ हजार ८९ पर्यटकले फेब्रुअरीमा नेपाल भ्रमण गरेका छन्।

सन् २०१९ देखि लगातार संकटमा रहेको पर्यटन क्षेत्र गतवर्ष २०२३ देखि भने क्रमिक सुधार हुँदै आएको छ। सन् २०२३ मा १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०२४ को सुरुवातमै आगमनदरमा वृद्धि देखिनुले अझ सकारात्मक हुने देखिएको छ। 


प्रकाशित : शुक्रबार, फागुन १८ २०८०१५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend