सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सिप्रदी अटोपार्टसको टाटा गुरु फिट एन्ड हिट डबल धमाका अब एक महिना बाँकी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १८ २०८०
सिप्रदी अटोपार्टसको टाटा गुरु फिट एन्ड हिट डबल धमाका अब एक महिना बाँकी

१ जनवरी २०२४ मा सुरु भएको यो कार्यक्रमको पहिलो महिनामा टाटाका जेन्युइन ब्रेक लाइनिङ, क्लच प्रेशर प्लेट, र ड्युराफिटका केही सामानहरुमा टाटा गुरुहरुले प्राप्त गर्दै आएका प्वाइन्ट डबल गरिएको थियो।

काठमाडौं- टाटा जेन्युइन पाट्र्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पाट्र्स प्राइभेट लिमिटेडले आफ्ना टाटा गुरुहरुका लागि फिट एण्ड हिट डबल धमाका कार्यक्रम यही वर्षको जनवरी महिनादेखि सञ्चालनमा ल्याएको हो। 

१ जनवरी २०२४ मा सुरु भएको यो कार्यक्रमको पहिलो महिनामा टाटाका जेन्युइन ब्रेक लाइनिङ, क्लच प्रेशर प्लेट, र ड्युराफिटका केही सामानहरुमा टाटा गुरुहरुले प्राप्त गर्दै आएका प्वाइन्ट डबल गरिएको थियो।  

उक्त कार्यक्रममा सीमित पार्टसहरुमा मात्र अफर प्रदान गरिएकोमा यही १ फेब्रुअरी २०२४ देखि ३१ मार्च २०२४ सम्मको लागि सबै टाटा जेन्युइन पार्टस, टाटा मोटर्स जेन्युइन आयल र ड्युराफिट पार्टसहरुमा लागु गरिएको छ। 

टाटा गुरुहरुले आफुले प्राप्त गर्ने प्वाइन्ट डबल हुने हुँदा प्राप्त प्वाइन्टहरु जम्मा पारी छिटै आफुलाई आवश्यक सामानहरु लिन सक्नेछन्। अब यस कार्यक्रमको अन्तिम महिनामा धेरैभन्दा धेरै टाटा गुरुहरु सहभागी भइ भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ। 

यस कार्यक्रमको मुख्य उद्देश्य भनेको ग्राहक सेवालाई सरल र सर्वसुलभ बनाउनु हो। साथै टाटा गाडीहरुका लागि नै बनाइएका जेन्युईन पार्टसहरु टाटा गुरुहरु मार्फत प्रयोग गर्दा गाडीको आयु र कार्यक्षमता बढ्दछ र बारम्बार पार्टस परिवर्तत गर्नुपर्ने झञ्झट हुदैन। 

जेन्युइन पार्टसको प्रयोगले अन्य पार्टसको प्रयोगबाट हुनसक्ने सम्भावित क्षती न्युनीकरण गर्नसमेत मद्दत गर्दछ। टाटा गुरुहरु मार्फत ग्राहकवर्ग माझ सहज तथा सर्वसुलभ रुपमा टाटाका जेन्युइन पार्टस्हरु उपलब्ध गराउनका लागि यस कार्यक्रम प्रभावकारी हुनेछ।


प्रकाशित : शुक्रबार, फागुन १८ २०८०१३:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend