सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

ग्लोबल आईएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १८ २०८०
ग्लोबल आईएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

महोत्तरी- ग्लोबल आईएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले गौशाला शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध भएको जनाएको छ। 

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको नयाँ शाखा कार्यालय सञ्चालनसँगै, ३५६ शाखा कार्यालय, ३७९ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन्। 

ग्लोबल आईएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको जनाएको छ। 

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।


प्रकाशित : शुक्रबार, फागुन १८ २०८०११:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend