शुक्रबार, माघ २५ गते २०८१    
शुक्रबार, माघ २५ २०८१
images
images

एमजी हेक्टर सार्वजनिक, सुरुवाती मूल्य ५९.९९ लाख

images
बिहीबार , मंसिर २३ २०७८
images
images
एमजी हेक्टर सार्वजनिक, सुरुवाती मूल्य ५९.९९ लाख

हेक्टर एमटीको मूल्य ५९ लाख ९९ हजार र हेक्टर सिभिटीको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।  

images
images

काठमाडौं- एमजी (मोरिस ग्यारेज)को नयाँ एसयूभी हेक्टर नेपाली बजारमा सार्वजनिक भएको छ। एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स बिहीबार उक्त एसयूभी सार्वजनिक गरेको हो। 

images
images
images

१.५ लिटर टर्बोचार्ज्ड इन्टरकुल इन्जिनयुक्त हेक्टर साइन एमटी र सिभिटी दुई भेरियन्टमा उपलब्ध छ। हेक्टर एमटीको मूल्य ५९ लाख ९९ हजार र हेक्टर सिभिटीको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।  

images
images

एसयूभी क्याटेगरीमै पहिलो पटक बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, र स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरुफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै प्रमुख विशेषताहरू छन् जसले हेक्टरलाई बेन्चमार्कको रुपमा खडा गरेको छ।

images
images
images

एसयूभीका अन्य भेरियन्टसँग तुलना गर्दा यो नेपाली सडक र ट्राफिकलाई उपयुक्त हुने दाबी गरिएको छ। भारतमा बनेको यो एसयूभी नेपालस्थित सम्पूर्ण डिलरसिपमा उपलब्ध छ। यो हेक्टरको नयाँ मिड-स्पेक भेरियन्ट हो जुन बजारमा उपलब्ध मिड साइज एसयूभीहरुको लो-स्पेक र टप-स्पेक ट्रिमहरूबीचमा छ।

एमजी हेक्टरको आकर्षक डिजाइन, आधुनिक र स्मार्ट सुविधाहरूले ग्राहकहरूको अपेक्षालाई सम्बोधन गर्ने विश्वास गरिएको छ। यसको नयाँ गेम-चेन्जर मोडलले एसयूभी लेगेसीलाई सुदृढ पार्दै लेटेस्ट एसयूभी हाँक्ने ग्राहकहरुको चाहना पनि पुरा गर्नेछ।

कार्यक्रममा जोन्टा क्लब अफ काठमाडौं र पारामाउन्ट मोटर्स प्रालिबीच सहकार्य पनि भएको थियो। आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एउटा हिस्सा अन्तर्गत पारामाउन्टले जोन्टा क्लब अफ काठमाडौंलाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। 


प्रकाशित : बिहीबार , मंसिर २३ २०७८१२:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend