सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया, पुराना बाइक वा स्कुटरसँग आकर्षक विद्युतीय स्कुटर साट्न सकिने

बिहीबार , फागुन १७ २०८०
जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया, पुराना बाइक वा स्कुटरसँग आकर्षक विद्युतीय स्कुटर साट्न सकिने

यसै सन्दर्भमा ईभी मोबिलिटीको राइडिङ एक्सपेरियन्स ग्राहकलाई गराउने उद्देश्यका साथ ४ दिने जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया आयोजना गर्न लागेको सेन्टरको भनाइ छ।

काठमाडौं- सीएफ मोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया आयोजना गरेको छ। मंगलबारदेखि आफ्नो नक्सालमा रहेकाे शोरुममा एक्सचेन्ज आयोजना गरेको हो। यो एक्सचेन्ज शुक्रबारसम्म चल्ने छ। 

रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले यी दुवै ब्रान्डको आधिकारिक वितरकको जिम्मेवारी लिएसँगै बजार र ग्राहकको आवश्यकता अनुरुप अगाडि बढाउने लक्ष्य लिएको र त्यसबाट प्रेरित भएर बिक्री र बिक्री पछिको सेवालाई विशेष ध्यान दिँदै आफ्ना योजनाहरु द्रुत गतिमा अगाडि बढाएको बताएको छ। 

सेन्टरले आफ्नो ईभी स्कुटर जीहो ब्रान्डको उच्चतम प्रविधि, डिजाइन र फरक विशेषताको वारेमा धेरै ग्राहकलाई जानकारी प्रदान गर्नका लागि उपत्यका भित्रका विभिन्न स्थान, कर्पोरेट हाउस, कार्यालय, आईटी कम्पनी, मल आदिमा प्रोडक्ट डिस्प्ले गर्नुका साथै टेस्ट राइड जस्ता कार्यक्रम समेत उपलब्ध गराउदै आएको छ। 

यसै सन्दर्भमा ईभी मोबिलिटीको राइडिङ एक्सपेरियन्स ग्राहकलाई गराउने उद्देश्यका साथ ४ दिने जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया आयोजना गर्न लागेको सेन्टरको भनाइ छ।

ग्राहकले एक्सचेन्ज एन्ड अपग्रेड मेनियामा आफ्ना पुराना बाइक वा स्कुटरको प्रतिस्पर्धात्मक मूल्यांकन गराउने र स्पट फाइनान्सका साथै बजार मूल्यांकनमा थप २५ हजार सम्म उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ। यी विभिन्न सुविधाका साथ ग्राहकले प्रत्येक खरिदमा निःशुल्क हेलमेट र आकर्षक उपहारसमेत प्राप्त गर्नेछन्। 

नेपाली बजारमा हाल जीहो ब्रान्डका एई६ प्लस र एई८ गरी दुई मोडल बिक्रीका लागि उपलब्ध छन्। कम्पनीले बिक्रीका लागि उपलब्ध गराएका यी दुई मोडलमा जीहो राइड एप्स, लिथियम आयोन ब्याट्री, आईपी ६७ प्रोटेक्सन, सेन्सर, जीहो ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) जस्ता विशेषताहरु उपलब्ध छन्। 

जीहो एई६ प्लसमा १.८ किलोवाटको ब्याट्री, ५.५ किलोवाट पिक पावरको साइड मोटर छ भने जम्मा ३.५ घण्टा चार्ज गरी अधिकतम ९० किलोमिटरको रेन्ज पाउन सक्ने छन्। यसको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ।

त्यसैगरी एई८ मोडलको सकुटरमा १२.५ किलोवाटको पिक पावर रहेको मिड-माउन्टेड मोटर र ४.४ किलोवाट आवरको डबल ब्याट्री पाउन सकिन्छ। यसलाई ४ घण्टा चार्ज गर्दा अधिकतम १६० किलोमिटरको रेन्ज दिन्छ। यसको टप स्पीड १२० किलोमिटर प्रतिघण्टा छ।


प्रकाशित : बिहीबार , फागुन १७ २०८०१८:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend