शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

वायुसेवा सञ्चालक संघको अध्यक्षमा समिट एयरका मनोज कार्की सर्वसम्मत

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १७ २०८०
वायुसेवा सञ्चालक संघको अध्यक्षमा समिट एयरका मनोज कार्की सर्वसम्मत

काठमाडौं- निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन) को अध्यक्षमा मनोज कार्की सर्वसम्मत चयन भएका छन्। 

संघका निवर्तमान महासचिव कार्की समिट एयरका प्रबन्ध निर्देशक हुन्। संघको २३ औँ वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि कार्कीलाई निर्विरोध अध्यक्ष चयन गरेको हो।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डे, प्रथम उपाध्यक्षमा अल्टिच्यूड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पा, उपाध्यक्षमा श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धर चयन भएका छन्।

साथै महासचिवमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास सापकोटा र कोषाध्यक्षमा बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रुपेश जोशी चयन भएको संघले जनाएको छ।


प्रकाशित : बिहीबार , फागुन १७ २०८०१८:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend