सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

बीवाईडी 'वोर्ल्ड कार अवार्ड २०२४' टप थ्रीमा

बिहीबार , फागुन १७ २०८०
बीवाईडी 'वोर्ल्ड कार अवार्ड २०२४' टप थ्रीमा

बीवाईडीको असाधारण प्रदर्शनले नै यसलाई विश्वकै प्रमुख विद्युतीय सवारीसाधनको नेतृत्वको स्थानमा पुर्‍याएको हो।

काठमाडौं- जेनेभा मोटर शोमा वोर्ल्ड कार अवार्ड २०२४ को लागि शीर्ष तीन अन्तिम प्रतियोगीहरूको घोषणा गरिएको छ। बीवाईडीको बीवाईडी सिलले 'वोर्ल्ड कार ओफ द यर' र बीवाईडी डलफिनले 'वोर्ल्ड अर्वान कार' श्रेणीहरूमा टप ३ स्थान हासिल गर्दै प्रतिस्पर्धामा अगाडि बढेका छन्।

बीवाईडी 'वोर्ल्ड कार अवार्ड' श्रेणीको शीर्ष तीनमा सूचीकृत हुने पहिलो र एकमात्र चिनियाँ कार निर्माताको इतिहास बनाएको छ। विश्वभरको प्रमुख अटोमोटिभ पुरस्कारको रूपमा चिनिएको 'वोर्ल्ड कार अवार्डू, 'युरोपीयन कार ओफ द यरू, र 'नर्थ अमेरिकन कार ओफ द यरू अत्यधिक रुपमा प्रशंसित छन्। 

विश्वमा अटोमोटिभ ओस्करू को नाममा प्रसिद्ध भएको वोर्ल्ड कार अवार्डू विश्वभरको अटोमोटिभ उद्योगमा धेरै प्रतिक्षित कार्यक्रमको रूपमा विशेष चर्चा गरिने गरिन्छ। बीवाईडीको असाधारण प्रदर्शनले नै यसलाई विश्वकै प्रमुख विद्युतीय सवारीसाधनको नेतृत्वको स्थानमा पुर्याएको हो।  

यी दुई मोडेलहरूले आफ्नो विशेष डिजाइन, असाधारण प्रविधि र मजब'त सुरक्षा विशेषताहरूको कारण २९ देशका १ सय अटोमोटिभ मिडिया तथा विश्वभरका विशेषज्ञहरूको ध्यान आकर्षित गरेको छ। २०२३ मा बीवाईडी सिल र डलफिलले य'रो एनसीएपी र एएनसीएपी परीक्षणमा पनि फाइभ स्टार रेटिङ प्राप्त गरेका थिए। विशेषतः बीवाईडी सिललाई 'युरोपीयन कार ओफ द यर २०२४' को अन्तिम चरणका लागि पनि नामांकित गरिएको थियो।

विद्युतीय सवारीसाधन क्षेत्रमा अग्रणीको रूपमा बीवाईडीले २०२३ मा ३० लाख विद्युतीय सवारीसाधन बिक्री गर्दै, दोस्रो वर्षका लागि पनि विश्वभरमा शीर्ष स्थानमात्र नभएर ग्लोबल अटोमोटिभ ब्रान्डहरूको शीर्ष दशमा समेत प्रवेश गरेको थियो। जुन चिनियाँ अटोमोटिभ निर्माताको लागि इतिहासमै पहिलो हासिल थियो। 

अहिलेसम्म बीवाईडीले ६ महादेशका ७० देशका ४ सयभन्दा बढी सहरहरूमा प्रभावकारी उपस्थिति देखाइसकेको छ। २०२३ मा बीवाईडी ग्राहकको व्यापक प्रशंसा र रोजाई जित्दै विभिन्न अन्तर्राष्ट्रिय बजारहरूमा अग्रणीको रूपमा उदाएको छ। जसमा थाइल्यान्ड, सिंगाप'र, कोलम्बिया, र ब्राजिललगायतका देशहर' समावेस छन्।  

विश्व कार प'रस्कारको उद्देश्यसँगै निरन्तर यातायातको क्षेत्रमा नवीनता अभिवृद्धिको उद्देश्यका साथ बीवाईडी प्रविधिको विकाससँगै जिरो इमिसन समाधान निर्माण गर्नका लागि प्रतिबद्ध छ।

यसले बीवाईडीको ग्राहकका अन'भवमा स'धार गर्न र अटोमोटिभ उद्योगको परिवर्तन तथा प्रगति गर्नमा मात्र सीमित नभइ निरन्तर रूपमा अटोमोटिभ उद्योगलाई अझै हरित र न्यून कार्बन उत्सर्जनमा परिवर्तन गरि विश्वको स्थायी विकासमा सक्रिय योगदान प'र्याउने उदेश्यलाई पनि दर्साएको छ। 


प्रकाशित : बिहीबार , फागुन १७ २०८०११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend