सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

बीवाईडीको प्रिमियम ब्रान्ड याङवाङले ल्यायो यू नाइन सुपरकार, यस्तो छ मूल्य र विशेषता

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १६ २०८०
बीवाईडीको प्रिमियम ब्रान्ड याङवाङले ल्यायो यू नाइन सुपरकार, यस्तो छ मूल्य र विशेषता

ई फोर प्लेटफर्म एक पावर सिस्टम हो, जसमा चार स्वतन्त्र विद्युतीय मोटरहरू छन्।  यू नाइनमा १ हजार ३ सय हर्सपावर र अधिकतम १६ सय ८० एनएमको टर्क क्षमता छ।

काठमाडौं- चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीको प्रिमियम ब्रान्ड याङवाङले आफ्नो पहिलो विद्युतीय सुपरकार मोडल यू नाइन विश्व बजारमा सार्वजनिक गरेको छ। कम्पनीले यू नाइनको मूल्य १६ लाख ८० हजार चिनियाँ युआन तोकेको छ।  

यू नाइनको अधिकतम गति ३ सय ९.१९ किलोमीटर प्रति घण्टा र शून्यदेखि १०० किलोमिटर प्रति घण्टा मात्र २.३६ सेकेन्डमा तय गर्न सक्छ। दुई मुख्य प्रविधिले सुसज्जित यू नाइन ई फोर प्लेटफर्म र डिसस एक्स इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणाली रहेको छ। यो कारले विद्युतीय सुपरकारको क्षेत्रमा क्रान्ति ल्याउने विश्वास कम्पनीको छ। 

विद्युतीय सवारीसाधन र पावर ब्याट्रीको उत्पादनमा विश्वमै अग्रणी बीवाईडीले आफ्नो पहिलो प्रिमियम सवब्रान्ड अन्तर्गतको सम्पूर्ण विद्युतीय सुपरकार मोडल यू नाइन ल्याएको हो। यो कार यी वर्षको मध्यतिरबाट बिक्रीका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ। 

टाइम गेट डिजाइनअनुसार यू नाइनले एक विशिष्ट सौन्दर्यकला प्रतिबिम्वित गर्दछ, जसले नौलो समानुपात र पावरको बोध गराउँछ र एक सम्पूर्ण विद्युतीय सुपरकारको अनुभूति गराउने कम्पनीको भनाइ छ। 

byd u91.jpg

ई फोर प्लेटफर्म एक पावर सिस्टम हो, जसमा चार स्वतन्त्र विद्युतीय मोटरहरू छन्।  यू नाइनमा १ हजार ३ सय हर्सपावर र अधिकतम १६ सय ८० एनएमको टर्क क्षमता छ।

हालै गरिएको अनुसन्धानमा याङवाङ यू नाइनको उच्च गति ३ सय ९.१९ किलोमिटर प्रति घण्टा र शून्यदेखि १०० किलोमीटर प्रतिघण्टा २.३६ सेकेन्डमा, ०-४०० एम एसिलेरेसन मात्र ९.७८ सेकेन्डमा भन्ने प्रमाणित भएको थियो।

त्योसँगै ट्रयाकमा गरिएको परिक्षणमा यू नाइनको अति(सुधारिएको ताप व्यवस्थापन प्रविधिले उच्च तापको व्यवस्थापन गर्दै अधिकतम शीतलता धारण गर्ने क्षमतामा सतप्रतिशत वृद्धि देखाएको छ। 

ब्लेड ब्याट्री डिस्चार्जिङ र शीतलत प्रदान गर्ने प्रविधिहरूले र दुइवटा प्लग-इन द्रुत चार्जिङ प्रविधिले अधिकतम ५ सय किलोवाटको चार्जिङ शक्ति प्रदान गर्दछ। 


प्रकाशित : बुधबार, फागुन १६ २०८०१८:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend