शुक्रबार, साउन २ गते २०८२    
शुक्रबार, साउन २ २०८२
images
images

‘विकासका साझेदारहरूसँग मिलेर काम गर्न नेपाल तत्पर छ’

images
बुधबार, फागुन १६ २०८०
images
images
‘विकासका साझेदारहरूसँग मिलेर काम गर्न नेपाल तत्पर छ’

मन्त्री वीरेन्द्रप्रसाद महतोले देशको विकाससम्बन्धी आवश्यकताहरू पूरा गर्दै जलवायु परिवर्तनको सामना गर्दा मानव र प्रकृति एकसाथ रहनसक्ने सुनिश्चित गर्न विश्वव्यापी साझेदारहरूसँग मिलेर काम गर्न नेपाल तत्पर रहेको बताए।

images

काठमाडौं- वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले नेपाल सरकार र यसका विभिन्न निकायबाट संरक्षणको क्षेत्रमा हासिल भएका उपलब्धिको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन्।

images
images

केन्याको नैरोबीमा मंगलबारदेखि सुरू भएको ‘युनाइटेड नेसन्स इन्भारमेन्ट एसेम्बली’को उद्घाटन सत्रमा मन्त्री महतोले नेपाललाई संरक्षणको क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै राष्ट्रसंघीय पद्धति, विश्व वन्यजन्तु कोषलगायत विकासका साझेदारसँग सहकार्य गर्न तत्पर रहेको बताए।

images
images

मन्त्री महतोको निजी सचिवालयका अनुसार नेपालको विकासका साझेदार तथा वातावरण संरक्षणमा सक्रिय संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय निकायसँगको सहकार्यमा ‘पारिस्थितिक प्रणाली पुनःस्थापनाका दशक’ कार्यक्रममा नेपाललाई सफलता मिलेको उल्लेख गर्दै मन्त्री महतोले यो सफलताले मानव-वन्यजन्तु द्वन्द्वमा चुनौती पनि खडा गरेको टिप्पणी गरे। उनले वासस्थानको पुनःस्थापनाको परिणामस्वरूप नेपाल पछिल्ला दशकमा बाघ र गैँडाको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न सफल भएको बताए।

images
images
images

साथै मन्त्री महतोले देशको विकाससम्बन्धी आवश्यकताहरू पूरा गर्दै जलवायु परिवर्तनको सामना गर्दा मानव र प्रकृति एकसाथ रहनसक्ने सुनिश्चित गर्न विश्वव्यापी साझेदारहरूसँग मिलेर काम गर्न नेपाल तत्पर रहेका बताए। रासस


प्रकाशित : बुधबार, फागुन १६ २०८०१७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend