शुक्रबार, साउन २ गते २०८२    
शुक्रबार, साउन २ २०८२
images
images

ढकनीकुना-मुढेघट्ट सिँचाइ योजनामा अनियमितता, अदानचुलीका उपप्रमुखसहित ११ जनाविरुद्ध मुद्दा

images
बुधबार, फागुन १६ २०८०
images
images
ढकनीकुना-मुढेघट्ट सिँचाइ योजनामा अनियमितता, अदानचुलीका उपप्रमुखसहित ११ जनाविरुद्ध मुद्दा

हुम्लाको ढकनीकुना-मुढेघट्ट सिँचाइ योजनामा अनियमितता गरेको भन्दै अदानचुलीका उपप्रमुखसहित ११ जनाविरुद्ध मुद्दा दायर भएको छ।

images

काठमाडौं- हुम्लाको ढकनीकुना-मुढेघट्ट सिँचाइ योजनामा अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदानचुली गाउँपालिकाका उप-प्रमुख सौमति रावल ऐडीसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

images
images

अदानचुली गापाको ३ नम्बर वडास्थित ढकनीकुनादेखी मुढेघट्टसम्मको सिँचाइ सम्झौताको शर्त र मापदण्डविपरीत निर्माण गरेको, झुट्टा बिल भरपाइ तथा कागजातका आधारमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी भुक्तानी गरिएको अख्तियारको अनुसन्धानमा खुलेको छ।

images
images

लागतभन्दा ४८ लाख २९ हजार ३ सय ५८ रूपैयाँ बढी भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले अदानचुलीका उपप्रमुख ऐडी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सबइन्जिनियर जयराम छन्त्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन मंगल भण्डारी र तत्कालीन लेखापाल दिपक नेपालीविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

images
images
images

यस्तै वडा नम्बर ३ का अध्यक्ष दत्त विष्ट, अनुगमन समिति सदस्य मान्या टमटा, धनसरा टमटा, उक्त योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय, कोषाध्यक्ष सिर्जना बुमीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ। अख्तियारले उनीहरुविरुद्ध ४८ लाख २९ हजार रूपैयाँ बिगो कायम गरेको छ।


प्रकाशित : बुधबार, फागुन १६ २०८०१७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend