सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

४६ सय ६० मिटर उचाइमा रहेको कोरोला पास पुग्ने पहिलो ई-एसयूभी बन्यो 'सेरेस थ्री ईभी'

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १६ २०८०
४६ सय ६० मिटर उचाइमा रहेको कोरोला पास पुग्ने पहिलो ई-एसयूभी बन्यो 'सेरेस थ्री ईभी'

सेरेसले टेक्नोलोजी जायन्ट हुवावेसँग सहकार्य गरेर कार उत्पादन गर्दै आएको छ र सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य लिएको छ।

काठमाडौं- मानवीय संवेग र अटोमोबाइल प्रविधिको सीमालाई थप विस्तार गर्दै ‘साहसिक’ र ‘अन्वेषक’ युवाहरुको समूह ‘नेपाल एट्थ वन्डर’ले हालै सेरेस थ्री ईभी लिएर कोरोला नाका पुगेको छ। समुद्री सतहबाट ४६ सय ६० मिटर उचाइ रहेको हिमाली गाउँ लोमान्थाङभन्दा माथिको गन्तव्य कोरोला पाससम्म यात्रा सम्पन्न गरेको छ। 

उच्च ग्राउन्ड क्लेरेन्स र मेकानिकल क्षमता भएका कारण ‘नेपाल एट्थ वन्डर’ले यो साहसिक यात्राका लागि सेरेस थ्रीलाई छनोट गरेको जनाएको छ। लोमान्थाङको बाटो अफरोड मात्र होइन खतरनाक पनि छ जसका कारण धेरै चारपांग्रे चालकहरु यसलाई आफ्नो गन्तव्य बनाउन हिच्किच्याउँछन्। 

तर १ सय ९० एमएम ग्राउन्ड क्लेरेन्स भएको सेरेस थ्रीले यसलाई सहजताका साथ पार गरेको दाबी गरिएको छ। सेरेस थ्रीको विल्ड क्वालिटी अद्वितीय छ र च्यासिस र सस्पेन्सन सिस्टम मजबुत छ जसले यो ईभीलाई अफरोडका लागि पनि क्षमतावान् बनाएको छ। कठिन भूगोलमा पनि ‘नेपाल एट्थ वन्डर’को टोलीले आरामदायी यात्राको अनुभव गरेको बताएको छ।

seres3.jpeg

विभिन्न प्रकारको भौगोलिक अवस्था पार गरे पनि अन्ततः उनीहरु ४६ सय ६० मिटर उचाइमा रहेको अपर मुस्ताङमा पुगेका हुन्।

यसबाट ‘नेपाल एट्थ वन्डर’ र सेरेस थ्री दुवै मजबुत र साहसिक भएको पुष्टि गर्नुका साथै विद्युतीय गाडीहरु सहर केन्द्रितमात्र होइन कठोर भूगोललाई पनि ह्यान्डल गर्न सक्षम छन् भन्ने प्रमाणित भएको सेरेसको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले जनाएको छ।

सेरेस ईभी ब्रान्डलाई ब्रान्ड फाइनान्स अटोमोटिभ इन्डस्ट्रिले सन् २०२३ मा संसारकै सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको अटोमोबाइल ब्रान्डको दर्जा दिएको थियो। सेरेस युरोपेली बजारमा प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो। हालसम्म यसको उपस्थिति २१ युरोपेली मुलुकसहित संसारको ७१ देशमा छ। 

सेरेसले टेक्नोलोजी जायन्ट हुवावेसँग सहकार्य गरेर कार उत्पादन गर्दै आएको छ र सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य लिएको छ। 

अमेरिकाको सिलिकन भ्यालीमा स्थापना भएको सेरेसले चीन, जापान र अमेरिकामा आर एन्ड डी सेन्टरहरु स्थापना गरेर रिसर्च एन्ड डेभेलोपमेन्टप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको छ। नेपाली बजारमा सेरेसले सेरेस थ्री र सेरेस मिनि ईभी गरी दुई मोडेलको बिक्री भइरहेको छ।


प्रकाशित : बुधबार, फागुन १६ २०८०१७:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend