सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

बुधबार, फागुन १६ २०८०
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

बुधबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला पाँच रूपैयाँले सस्तिएको छ।

काठमाडौं- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला एकसय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार दुईसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार दुईसय ५० रूपैयाँ कायम छ। 

मंगलबार प्रतितोला १५ रूपैयाँले घटेको चाँदीको मूल्य बुधबार पनि प्रतितोला पाँच रूपैयाँले घटेको छ। चाँदी आज प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, फागुन १६ २०८०११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend