शुक्रबार, साउन २ गते २०८२    
शुक्रबार, साउन २ २०८२
images
images

धितोपत्र बोर्डको अध्यक्षका लागि खुल्यो आवेदन,  यस्ता छन् मापदण्ड र योग्यता

images
बुधबार, फागुन १६ २०८०
images
images
धितोपत्र बोर्डको अध्यक्षका लागि खुल्यो आवेदन,  यस्ता छन् मापदण्ड र योग्यता

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठन भएकमो छनौट तथा सिफारिस समितिमा अर्थसचिवि र  स्वतन्त्र विज्ञतर्फ त्रिभुवन विश्वविद्यालयका प्रध्यापक उदय निरौला सदस्य रहेका छन्।

images

काठमाडौं- सरकारले पुँजी बजारको नियामक संस्था धितोपत्र बोर्डको अध्यक्ष छनोटको प्रक्रिया अघि बढाएको छ। बोर्ड अध्यक्षका छनौटका लागि खुल्ला आव्हान गरिएको छ। 

images
images

अध्यक्ष छनोट समितिले योग्य नागरिकबाट आवेदन माग गर्दै बुधबार सूचना प्रकाशित गरेको छ। 

images
images

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठन भएकमो छनोट तथा सिफारिस समितिमा अर्थसचिवि र स्वतन्त्र विज्ञतर्फ त्रिभुवन विश्वविद्यालयका प्रध्यापक उदय निरौला सदस्य रहेका छन्। 

images
images
images

यही समितिले कार्यविधि बनाएर मापदण्ड निर्धारण गर्दै इच्छुक योग्य नागरिकबाट आवेदन माग गरेको हो।

समितिले नेपाल सरकारलाई अध्यक्षका सम्भावित तीनजना उम्मेद्वार सिफारिस गर्नेछ। जसमध्ये एकजनालाई मन्त्रिपरिषदले अध्यक्ष तोक्ने व्यवस्था रहेको छ।

इच्छुक योग्य नागरिकले फागुन ३० गतेभित्र आवेदन दिनुपर्ने छ। 

अध्यक्षका लागि योग्यता धितोपत्र ऐन २०६३ अनुसार स्नातकोत्तर उपाधि भएको र धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक वित्तीय, वाणिज्य वा कानून क्षेत्रमा कम्तिमा सात वगर्षको अनुभव भएको हुनुपर्ने छ। 

३० वर्ष पूरा भइ ६५ वर्ष ननाघेको हुनुपर्ने छ।


प्रकाशित : बुधबार, फागुन १६ २०८००९:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend