शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

रोकिएका विधेयक चाँडो टुंग्याउन सुशासन समितिको निर्देशन

मंगलबार, फागुन १५ २०८०
रोकिएका विधेयक चाँडो टुंग्याउन सुशासन समितिको निर्देशन

राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले रोकिएका विधेयक चाँडो टुंग्याउन सरकारलाई निर्देशन दिएको छ।

काठमाडौं- राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले सुशासनसम्बन्धी कानूनको तत्काल पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको आजको बैठकले ‘सुशासनका लागि विधिको शासन र संसद्को भूमिका’ विषयमा भएको छलफलमा सुशासनसँग सम्बन्धित संघीय संसद्‌मा रोकिएर रहेका विधेयक चाँडो टुङ्ग्याउन निर्देशन दिने निर्णय गरेको समितिका सभापति प्रकाश पन्थले बताए। 'सुशासनको लागि विधिको शासन आवश्यक छ भन्ने आजको बैठकले निष्कर्ष निकालेको छ', उनले भने, 'सुशासनसँग सम्बन्धित ऐनकानून अध्ययन गर्ने र पुनरावलोकनका लागि सरकारलाई सुझावसहित निर्णय पठाउनेछौँ।'

बैठकमा राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले सुशासन प्रवर्द्धनका लागि नीतिगत र संरचनागत सुधार जरुरी भएको उल्लेख गरिन्। उनले मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी कानून बनाएर पीडितलाई चाँडो न्याय दिनुपर्नेमा जोड दिइन्।

सांसद वामदेव गौतमले सदनभित्र बोल्ने र जवाफ दिनेबीच होहल्ला हुने गरेको भन्दै सुशासन प्रवर्द्धनका लागि सर्वप्रथम सदनभित्रै सुशासन कायम हुन जरुरी भएको बताए। सांसद भुवनबहादुर सुनार, शारदादेवी भट्टलगायत सांसदले सुशासन प्रवर्द्धनका लागि बनाउनुपर्ने कानून शीघ्र टुंगो लगाउनुपर्ने बताए। रासस


प्रकाशित : मंगलबार, फागुन १५ २०८०१८:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend