शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टाटा मोटर्सले कमर्सियल सवारीमा १ अर्ब डलर लगानी गर्दै 

शुक्रबार, मंसिर २४ २०७८
टाटा मोटर्सले कमर्सियल सवारीमा १ अर्ब डलर लगानी गर्दै 

काठमाडौं- भारतको सबैभन्दा ठूलो ट्रकबस निर्माता कम्पनी टाटा मोटर्सले आगामी ४ देखि ५ वर्षमा कमर्सियल सवारी व्यवसाय विस्तारमा १ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ। कम्पनीले कमर्सियल सवारीको व्यवसायिक रोडम्याप बनाइ विद्युतीय सवारीलाई समेत प्राथमिकता दिने नीति लिएको छ। 

पछिल्लो समय टाटा मोटर्सले भारतीय विद्युतीय कार बजारमा लिड गरिहेको छ। टाटाको नेक्सन इभीले विद्युतीय कार बजारमा आफ्नो हिस्सा उल्लेख्य रुपमा बढाएको हो। त्यस्तै टाटाले विस्तार हुँदै गएको विद्युतीय सवारीको बजारमा मझौला तथा ठूला सवारीलाई समेत विद्युतीकृत गर्दै जाने नीति लिएको छ। 

टाटा मोटर्सले हाल कायम रहेको परम्परागत इन्धनबाट चल्ने सवारीका साथै विद्युतीय सवारीको बजार विस्तारमा समेत काग गर्ने गरि अघाडि बढेको टाटा मोटर्सको कमर्सियल भेइकल बिजनेसका कार्यकारी निर्देशक गिरिश वाघले बताएको द इकोनोमिक टाइम्सले लेखेको छ। 

टाटा मोटर्सले प्यासेन्जर कार तथा कमर्सियल सवारीमा धेरै माइलेज दिने सवारीको विकासमा विभिन्न परीक्षणहरु गरिरहेको जनाएको छ। भारतमा टाटाको सबैभन्दा ठूलो प्रतिस्पर्धी अशोक लेल्यान्डले भने विद्युतीय सवारी उत्पादनका लागि लगानीकर्ता खोजिरहेको छ। 

टाटाले आर्थिक वर्ष २०२० मा १ हजार ८ सय करोड भारु लगानी गरिसकेको छ। यो लगानी टाटाले हालसम्म गरेको वार्षिक लगानीमध्ये सबैभन्दा धेरै हो। यो लगानी टाटाको बीएस–६ को दोस्रो चरण अन्तर्गत र विद्युतीय र सीएनजी सवारी उत्पादनमा केन्द्रित रहेको छ। 

टाटाले तत्कालै तीन वटा कमर्सियल सवारी ल्याउने तयारी गरेको छ। २०२१ को सुरुवातीमा भारतीय आयत निगमले १५ वटा हाइड्रोजन फ्युल सेल कर टाटासँग अडर गरेको थियो। 

टाटा मोटर्सले गर्ने १ अर्ब डलर (७ हजार ५ सय करोड भारु) ५ वर्षमा चरणवद्ध रुपमा लगानी गर्दै जाने बताएको छ। 


प्रकाशित : शुक्रबार, मंसिर २४ २०७८०६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend