सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मंगलबार, फागुन १५ २०८०
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेको छ।

काठमाडौं- मंगलबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य सामान्य घटेको छ। यो साता आइतबार तोलामा पाँचसय रूपैयाँले बढेर सोमबार प्रतितोला दुईसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार स्थिर रहेको हो। 

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७ सय ५० रूपैयाँ कायम छ। सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य मंगलबार प्रतितोला १५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : मंगलबार, फागुन १५ २०८०१०:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend