सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

युरोकप २०२४ को ई-मोबिलिटी पार्टनर बीवाईडीले ल्यायो 'नेपाली अब युरोकपमा’ स्किम, ११ जना जर्मनी जान पाउने

सोमबार, फागुन १४ २०८०
युरोकप २०२४ को ई-मोबिलिटी पार्टनर बीवाईडीले ल्यायो 'नेपाली अब युरोकपमा’ स्किम, ११ जना जर्मनी जान पाउने

युरोकप २०२४ जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका दस विश्व-प्रसिद्ध स्टेडियमहरूमा भव्यताकासाथ आयोजना हुँदैछ।

काठमाडौं- नेपालको लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक बिक्रेता साइमेक्स इंकले युरोकप २०२४ को अवसरमा 'नेपाली अब युरो कपमा स्किम' ल्याएको छ। 

बीवाईडी युरोकप २०२४ को आधिकारिक ई-मोबिलिटी पार्टनर भएकाले यस स्किमअन्तर्गत साइमेक्सले बीवाईडीका फुटबल प्रेमी नेपाली ग्राहकहरुलाई जर्मनीमा गइ प्रत्यक्षरुपमा युरोकप २०२४ का खेलहरु हेर्ने मौका दिन लागेको जनाएको छ। 

युरोकप २०२४ जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका दस विश्व-प्रसिद्ध स्टेडियमहरूमा भव्यताकासाथ आयोजना हुँदैछ।

युईएफए र न्यु इनर्जी भेहिकलको विश्वमै प्रमुख निर्माता बीवाईडीबीचको यो सम्झौता च्याम्पियनशिपको इतिहासमा पहिलोपटक भएको महत्वपूर्ण साझेदारी सम्झौता हो।

नवीन प्रयोग र आविष्कारका साथ आफ्ना ग्राहकको सन्तुष्टिमा अग्रसर साइमेक्स इंकका अनुसार बीवाईडीका कार खरिद गर्ने ११ जना विजेताहरुले युरोकप २०२४ मा आफै उपस्थित भइ फुटबल खेलको प्रत्यक्ष रूपमा मनोरन्जन लिने अवसर पाउनेछन्।

यस स्किमद्वारा आफ्ना ग्राहकहरूलाई फुटबलको यो प्रतिष्ठित महोत्सवको प्रत्यक्ष अनुभव गर्ने एक अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य बीवाईडीले राखेको छ। 

साइमेक्स इंक विद्युतीय सवारीसाधनको क्षेत्रमा उत्कृष्टता र नवीनतालाई प्रेरित गर्दै आफ्ना ग्राहकहरुलाई अविस्मरणीय अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ। 


प्रकाशित : सोमबार, फागुन १४ २०८०१८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend