शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

गृहसहित चार मन्त्रीको राजीनामा माग्दै संसदमा एमालेले नाराबाजी गरेपछि बैठक स्थगित

सोमबार, फागुन १४ २०८०
गृहसहित चार मन्त्रीको राजीनामा माग्दै संसदमा एमालेले नाराबाजी गरेपछि बैठक स्थगित

अहिलेका स्वास्थमन्त्री मोहनबहादुर बस्नेत र संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले राजिनामा दिनुपर्ने उनले बताए।

काठमाडौं- ‘विवादित मन्त्रीहरू’ को राजीनामा माग गर्दै नेकपा एमालेका सांसदहरूले संसदमा नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। विभिन्न प्रकरणमा जोडिएका मन्त्रीहरूको राजीनामा माग गर्दै आएको एमालेले यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेको छ।

आजको बैठक सुरू हुनेबित्तिकै एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले विभिन्न प्रकरणमा प्रश्न उठेका मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताएका थिए।

बालकुमारीमा दुईजना युवाको ज्यान जानेगरी भएको घटनामा जोडिएका भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिइरहेका अहिलेका स्वास्थ तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले राजीनामा दिनुपर्ने उनले बताए। 

एमालेले पछिल्लो समय गृहमन्त्रीको पनि राजीनामा माग गरिरहेको छ। बालकुमारी घटनामै पनि उनको संलग्नता देखिएको भन्दै राजीनामा माग गरिरहेको छ। आफ्नो पार्टीले यसमा सरकारको जवाफ खोजेको उनले बताए। 


प्रकाशित : सोमबार, फागुन १४ २०८०११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend