बिहीबार , वैशाख २७ गते २०८१    
images
images

गृहसहित चार मन्त्रीको राजीनामा माग्दै संसदमा एमालेले नाराबाजी गरेपछि बैठक स्थगित

images
बिजनेस न्युज
images
images
गृहसहित चार मन्त्रीको राजीनामा माग्दै संसदमा एमालेले नाराबाजी गरेपछि बैठक स्थगित

अहिलेका स्वास्थमन्त्री मोहनबहादुर बस्नेत र संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले राजिनामा दिनुपर्ने उनले बताए।

images
images

काठमाडौं- ‘विवादित मन्त्रीहरू’ को राजीनामा माग गर्दै नेकपा एमालेका सांसदहरूले संसदमा नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। विभिन्न प्रकरणमा जोडिएका मन्त्रीहरूको राजीनामा माग गर्दै आएको एमालेले यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेको छ।

images
images
images

आजको बैठक सुरू हुनेबित्तिकै एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले विभिन्न प्रकरणमा प्रश्न उठेका मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताएका थिए।

images

बालकुमारीमा दुईजना युवाको ज्यान जानेगरी भएको घटनामा जोडिएका भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिइरहेका अहिलेका स्वास्थ तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले राजीनामा दिनुपर्ने उनले बताए। 

images

एमालेले पछिल्लो समय गृहमन्त्रीको पनि राजीनामा माग गरिरहेको छ। बालकुमारी घटनामै पनि उनको संलग्नता देखिएको भन्दै राजीनामा माग गरिरहेको छ। आफ्नो पार्टीले यसमा सरकारको जवाफ खोजेको उनले बताए। 

images
images

images

प्रकाशित : ११:३९
प्रतिक्रिया दिनुहोस