सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सेरेसको थ्रिएस सुविधासहितको शोरुम बुटवलको कालिकानगरमा

सोमबार, फागुन १४ २०८०
सेरेसको थ्रिएस सुविधासहितको शोरुम बुटवलको कालिकानगरमा

नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराएको छ।

बुटवल- विद्युतीय सवारीसाधनको क्षेत्रमा नेपालकै शीर्ष ब्रान्ड बन्ने उद्देश्यका साथ बुटवलको कालिकानगरमा सेरेसले आफ्नो अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ।

कम्पनीले बुटवलमा थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) सुविधासहितको शोरुम स्थापना गरेको हो। नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरशिपका लागि ईएम मोटर्ससँग साझेदारी गरेको हो।

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने कम्पनीले जनाएको छ। 

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नाडा रुपन्देहीका अध्यक्ष गणेश भट्टराई, एमएडब्लू वृद्धिका बिजनेस हेड प्रशन्न पन्त, इएम मोटसका डाईरेक्टर राजेश घिमिरेलगाएयले शोरुको उद्घाटन गरेका हुन्। रुपन्देहीमा इलेक्ट्रिक चारपांग्रे सवारीसाधनको माग बढ्दै गएको भन्दै रुपन्देहीमा सेरेस गाडी लोकप्रिय हुने विश्वास गरिएको छ।  

शोरुम उद्घाटनको अवसरमा एकजना ग्राहकलाई ईएम मोटर्सले सेरेस थ्रि ईभी गाडी हस्तान्तरण गरेको थियो।

सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको थियो। हुवावेको निर्माण साझेदार सेरेसले २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ।

नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराएको छ। सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरुमा उपलब्ध छ जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार रूपैयाँबाट बाट सुरु हुन्छ।

सेरेस मिनी ईभी तीन भेरियन्टमा उपलब्ध छन्, लो ट्रिम १८० किमी बेस अप्सन, मिड ट्रिम १८० किमी फुल अप्सन, र टप ट्रिम २२० किमी फुल अप्सन, जसको मूल्य क्रमशः १३ लाख ९९ हजार, १६ लाख ४९ हजार र १७ लाख ९९ हजार रूपैयाँ छ।


प्रकाशित : सोमबार, फागुन १४ २०८०११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend