सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

गल्फ लुब्रिकेन्टद्वारा चितवनमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न

आइतबार, फागुन १३ २०८०
गल्फ लुब्रिकेन्टद्वारा चितवनमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न

कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका एसिस्टेन्ट म्यानेजर राजन रावलले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए।

काठमाडौं- नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसँग भेटघाट तथा छलफल चितवनमा गरेको छ। 

नेपाल ल्युब आयल लिमिटेडका चितवनको लागि आधिकारिक डिलर आशीर्वाद अटो ट्रेडिङको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा उत्साजनकरुपमा बिक्रेता र मेकानिक्सहरुले सहभागिता जनाएका थिए।

कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका उपमहाप्रबन्धक दिवाकर मिश्रले यस्तो भेटघाट कार्यक्रम निकै महत्त्वपूर्ण रहेको र यो देशभरी सञ्चालन गर्दै आएको बताए। यो कार्यक्रमको मुख्य उद्देश्य विभिन्न क्षेत्रमा रहेका रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसँग प्रत्यक्ष भेटघाट गरी उनीहरुको सल्लाह र सुझाव लिएर त्यहीअनुरुप रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्समैत्री नीति बनाउनु रहेको उनको भनाइ थियो। 

कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका एसिस्टेन्ट म्यानेजर राजन रावलले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए। उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेन्ट र ग्रेडका लुब्रिकेन्ट, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराएका थिए। त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए।

कार्यक्रममा चितवन अटो मोबाइल एसोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण काफ्ले, चितवन अटो मोबाइल एसोसिएसनका पूर्वअध्यक्ष कृष्णप्रसाद भण्डारी एवं चितवन अटो मेकानिकल ब्यवसायी संघका अध्यक्ष रामबहादुर तिमिल्सिनालगायतका वक्ताहरुले आफ्नो धारण राखेका थिए।

कार्यक्रममा लुब्रिकेन्ट बिक्रीमा उत्कृष्ट प्रदर्शन गर्ने रिटेलर एवं मेकानिकहरुलाई हौसलास्वरुप सम्मानसमेत गरिएको थियो।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ। नेपालमा गल्फ ब्राण्ड विगत ३८ वर्षदेखि लगातार ग्राहकवर्गको रोजाइमा पर्दै आएको छ।


प्रकाशित : आइतबार, फागुन १३ २०८०१६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend