शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

स्थापनाको दुईवर्ष नपुग्दै १५० जहाज अर्डर गरेको आकासा एयरले अन्तर्राष्ट्रिय उडान गर्दै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १३ २०८०
स्थापनाको दुईवर्ष नपुग्दै १५० जहाज अर्डर गरेको आकासा एयरले अन्तर्राष्ट्रिय उडान गर्दै

सेयर बजारका चर्चित लगानीकर्ता स्वर्गीय राकेश झुनझुनवालाले अग्रसरतामा स्थापना भएको आकासा तीव्र विस्तार भइरहेको एयरलाइन्स हो।

काठमाडौं-  सेवा सञ्चालनको दुईवर्ष नपुग्दै १५० भन्दा धेरै जहाज अर्डर गरेर उड्डयन बजारमा तहल्का पिटेको भारतीय वायुसेवा कम्पनी आकासा एयरले अन्तर्राष्ट्रिय उडान सुरू गर्ने भएको छ। 

आकाशाले मार्च २८ देखि भारतीय आर्थिक राजधानी मुम्बईदेखि कतारको दोहामा उडान गर्ने घोषणा गरेको छ। करिब १९ महिनाअघि आन्तरिक उडान सुरू गरेको काकाशाले भारतका विभिन्न सहरबाट विश्वका विभिन्न सहरमा उडान गर्ने घोषणा गरिसकेको छ। 

सेयर बजारका चर्चित लगानीकर्ता स्वर्गीय राकेश झुनझुनवालाले अग्रसरतामा स्थापना भएको आकासा तीव्र विस्तार भइरहेको एयरलाइन्स हो। 

केही महिना पहिलेमात्र १५० वटा जहाज अर्डर गरेको थियो यो एयरलाइन्सले। स्थापनाको छोटो समयमै जहाज अर्डरमा देखाएको अग्रसरता पनि उड्डयन बजारमा अर्को रेकर्ड हो। 

२४ वटा बोइङ ७३७ जहाज भएको आकाशाले  केही समय पहिलेमात्र बोइङकै १५० वटा ७३७ म्याक्स जहाज अर्डर गरेको थियो। म्याक्सको ठूलो र मध्यम भेरियन्ट दुबै अर्डर गरेको आकाशाले म्याक्स १० र म्याक्स ८ जहाज अर्डर गरेको थियो। 

सेवा सञ्चालनको १७ महिनामै २ सय जहाज अर्डर गरेर भारतीय उड्डयन बजारको सबैभन्दा आक्रमक विस्तारको गतीमा रहेको आकासाले अब अन्तर्राष्ट्रिय उडानमा पनि डेब्यु गर्ने भएको छ। 

स्थापनाको १९ महिनामै भारतका विभिन्न २१ सहरमा उडान गर्दै आकासाले ७० लाखभन्दा धेरै यात्रुलाई सेवा दिइसकेको छ। 

मार्चदेखि अन्तर्राष्ट्रिय उडानमा जाने तयारी गरेको आकाशाले क्षेत्रीय उडान सञ्जाललाई बलियो बनाउने रणनीति लिएको छ। भारतीय विमानस्थल हुँदै पश्चिमा देशमा  जाने यात्रुका लागि उडान सञ्जालन बनाउनतिर एयरलाइन्स लागिरहेको छ। 

भारत सरकारले नयाँ दिल्लीलाई अन्तर्राष्ट्रिय उडान हब विमानस्थल बनाउने तयारी गरिरहेको छ। क्षेत्रीय गन्तव्यलाई नयाँदिल्लीसँग जोड्ने र त्यहाँबाट पश्चिमा गन्तव्यमा जोड्ने रणनीति रहेको छ। यही सरकारी लक्ष्य अनुसार आकासाले पनि आफ्नो सञ्जाल विस्तार गर्दै जाने योजना बनाएको छ। 


प्रकाशित : आइतबार, फागुन १३ २०८०१०:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend