बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

भोजपुरका तीन स्थानमा बन्दैछ कुलो, एक हजार रोपनी क्षेत्रफलमा पुग्नेछ सिँचाइ

images
शनिबार, फागुन १२ २०८०
images
भोजपुरका तीन स्थानमा बन्दैछ कुलो, एक हजार रोपनी क्षेत्रफलमा पुग्नेछ सिँचाइ
फाइल तस्बिर

तीन वटै कुलोका काम अहिले तीव्ररुपमा अगाडि बढिरहेको वडाध्यक्ष नवीन प्रधानले बताए। कुलो निर्माणले यहाँका किसान उत्साहित छन्।

images
images

भोजपुर- साना सिँचाइ कार्यक्रमअन्तर्गत यहाँ एकैसाथ तीन कुलो निर्माण सुरु छ। भोजपुर नगरपालिका-८ एकैपटक तीन वटा पक्की कुलो बन्न थालेपछि किसान उत्साहित बनेका छन्। कुलो बनेसँगै सहजरुपमा हिउँदे तथा बर्खे खेती गर्न पाइने भएपछि कृषकमा उत्साह थपिएको हो।

images
images
images

सिँचाइ अभावमा वर्षाको भरमा खेती गर्न बाध्य यहाँका किसान व्यवस्थित पक्की कुलो बनेपछि खेतीमा सहजता देखिएको स्यालेखण्ड सिँचाइ कुलो निर्माण समितिका अध्यक्ष भगिरथ कठेतले बताए। उनका अनुसार बन्दै गरेको कुलोले करिब तीन सय बढी रोपनी खेतीमा सहजता हुनेछ।

images
images

केन्द्र, प्रदेश र नगरपालिकाको २० प्रतिशतका दरले र स्वीस सरकारको ३० प्रतिशत अनुदान र स्थानीय कृषकको १० प्रतिशत लगानीमा तीनवटा कुलो निर्माण भइरहेका छन्। वडाभित्र हाल साना सिँचाइ आयोजनामार्फत ढुङ्ग्रेबास, स्यालेखण्ड र भैसरा सिँचाइ कुलो निर्माणको चरणमा छन्।

images
images

तीन वटै कुलोका काम अहिले तीव्ररुपमा अगाडि बढिरहेको वडाध्यक्ष नवीन प्रधानले बताए। उनका अनुसार निर्माणाधीन तीनवटै कुलो बनेपछि करिब एक हजारभन्दा बढी रोपनी क्षेत्रफलमा सिँचाइको पहुँच पुग्नेछ।

जनप्रतिनिधिसहित वडाका सरोकारवालाको सहभागितामा निर्माणको अनुगमन तथा निरीक्षण पनि निरन्तर भइरहेको छ। बनिरहेका कुलोमा उपभोक्ता आफै खटेकाले गुणस्तरीय काम भइरहेको अनुगमन समितिका सदस्य लक्ष्मण भुजेलले बताए।

कृषकका लागि आएको उक्त आयोजनामा उनीहरु आफै उत्साह र मेहनतका साथ प्रत्यक्ष सहभागिता जनाउनु प्रशंसनीय काम भएको समितिका सदस्य कुमार खडकाले बताए। कुलो निर्माण भएपछि धान खेतीका साथै अन्य बाली लगाउन पनि कृषकलाई सहजता हुने स्थानीय खम्बबहादुर बानियाले बताए।

दीर्घकालीनरुपमा कुलो प्रयोगमा आउने गरी निर्माणमा आफै लागिपरेकाले निर्माण गुणस्तरीय बनाइने ढुङ्ग्रेबास सिँचाइ कुलोका अध्यक्ष शम्भु खडकाले बताए। उनले भने, 'निर्माण गुणस्तरीय बनाउनका लागि आफै कृषक संलग्न भएर काम गरिरहेका छाैँ। वर्षौँपछि कुलो बन्न लागेको छ यो हाम्रो लागि गौरवको विषय हो।' रासस


प्रकाशित : शनिबार, फागुन १२ २०८०१६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend