बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

अँगेनोको आगोले बनायो घर खरानी, खाद्यान्नसहित १३ लाख बराबरको क्षति

images
शनिबार, फागुन १२ २०८०
images
अँगेनोको आगोले बनायो घर खरानी, खाद्यान्नसहित १३ लाख बराबरको क्षति

आगोले घरमा रहेको सबै अन्नपात नष्ट भएको छ। आगलागीबाट करिब १३ लाख रूपैयाँ बराबरको क्षति भएको स्थानीय बताउँछन्।

images
images

मलेखु- पानी परेर चिसो बढेपछि कोठा न्यानो बनाउन अँगेनोमा बालेको आगो सल्किँदा उत्तरी धादिङको गंगाजमुना गाउँपालिका-१ रिचेतमा एउटा घर जलेर खरानी भएको छ।

images
images
images

गएराति अँगेनोको आगो फुसको छानामा फैलिएपछि सिपी तामाङको कच्ची घर जलेको स्थानीय पूर्ण तामाङले जानकारी दिए।

images
images

'दिउँसो पानी परेको थियो, साँझ चिसो बढेकाले परिवारका मानिसले अँगेनोमा आगो तापेर त्यसै छाडेका रहेछन्', तामाङले भने, 'अँगेनोमा आगो निभेको ठानेर सुत्न गएका उनीहरु घरमा आगो लागेपछि ब्युँझिएका थिए। आगोले घरमा रहेको सबै अन्नपात नष्ट भएको छ।'

images
images

करिब २० मुरी धान, मकै, कोदोलगायत घरमा भएका सबै अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ। आगलागीबाट करिब १३ लाख रूपैयाँ बराबरको क्षति भएको स्थानीयले बताएका छन्। रासस


प्रकाशित : शनिबार, फागुन १२ २०८०१६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend