आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

खाद्य कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २३ २०७८
खाद्य कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने भएको छ। 

काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने भएको छ।  यही मङ्सिर २६ गतेदेखि धान खरिद गरिने कम्पनीका नेपालगञ्ज शाखा प्रमुख रामबहादुर विष्टले जानकारी दिए। 

गतवर्ष बाँकेलगायत छिमेकी जिल्लाका किसानका धान खरिद गरेकामा कम्पनीले यस वर्ष बाँकेका किसानसँग मात्र खरिद गर्न लागेको छ।

कम्पनीले गत वर्षभन्दा यस वर्ष ढिला गरी धान खरिद सुरु गर्न लागेको हो। सरकारले भदौ महिनामै धानको समर्थन मूल्य तोके पनि दसँपछिको बेमौसमी वर्षाका कारण खरिद प्रक्रिया ढिला गरी सुरु भएको कम्पनीका शाखा प्रमुख विष्टको भनाइ छ। बाँकेका किसानसँग यस वर्ष २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको छ। 

कम्पनीले धान बिक्रीका लागि ल्याउने किसानमा सूचना जारी गर्दै भिजेका र मक्किएका धान नल्याउन आग्रह गरेको छ। आवश्यक मापदण्ड निर्धारण गरी किसानका धान खरिद गर्न लागिएको शाखा प्रमुख विष्टले जानकारी दिए।
रासस


प्रकाशित : बिहीबार , मंसिर २३ २०७८०२:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend