शुक्रबार, साउन २ गते २०८२    
शुक्रबार, साउन २ २०८२
images
images

अवैध बाटो प्रयोग गरेर गएका ८ नेपालीलाई अमेरिकाले नेपाल फर्काइदियो

images
शुक्रबार, फागुन ११ २०८०
images
images
अवैध बाटो प्रयोग गरेर गएका ८ नेपालीलाई अमेरिकाले नेपाल फर्काइदियो

'अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौं फिर्ता पठाएको छ'

images

काठमाडौं- अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठजना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ। 

images
images

अमेरिकाले उनीहरूलाई चार्टर्ड उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिएका छन्।

images
images

८ जना नेपाली अवैध रूपमा छिरेको पाइएपछि अमेरिकाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

images
images
images

'अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौं फिर्ता पठाएको छ', उनले भने, 'हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए। आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ। उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझ्नेछौँ।' 

कसरी कति रूपैयाँ खर्च गरेर उनीहरू त्यहाँ पुगेका हुन् भन्ने विषय उनीहरूसँगको कुराकानीपछि मात्र खुल्नेछ।


प्रकाशित : शुक्रबार, फागुन ११ २०८०१४:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend