सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखा अब स्वयम्भू र बालाजुमा पनि

शुक्रबार, फागुन ११ २०८०
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखा अब स्वयम्भू र बालाजुमा पनि

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारबाट काठमाडौंमा २ वटा नयाँ शाखा विस्तार गरेको छ।

बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५ मा स्वयम्भू शाखा र काठमाडौं महानगरपालिका वडा नं. १६ मा बालाजु शाखा सञ्चालनमा ल्याएको हो। 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरे। कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने बताए । 

बैंकले गत महीना काठमाडौंको अनामनगर र शंखमुल तथा ललितपुरको सातदोबाटो र भैंसेपाटी शाखाहरू सञ्चालनमा ल्याएको थियो।

बैंकले हाल देशभरिमा २६८ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २६२ ओटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ।


प्रकाशित : शुक्रबार, फागुन ११ २०८०१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend