सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

बिहीबार घट्यो सुनचाँदीको मूल्य, कति छ तोलाको?

बिहीबार , फागुन १० २०८०
बिहीबार घट्यो सुनचाँदीको मूल्य, कति छ तोलाको?

बिहीबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला एक हजार चारसय रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार तोलामा चारसय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला चारसय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार चारसय ५० रूपैयाँ तोकिएको छ।

चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेको छ। चाँदी आज प्रतितोला १४ सय रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , फागुन १० २०८०१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend