बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

सेयर बजारमा यो साता तेस्रो कारोबारमा पनि गिरावट, २ अर्ब २४ करोडको मात्र कारोबार

images
बुधबार, फागुन ९ २०८०
images
सेयर बजारमा यो साता तेस्रो कारोबारमा पनि गिरावट, २ अर्ब २४ करोडको मात्र कारोबार
images
images

काठमाडौं- यो साता लगातार तेस्रो कारोबारमा पनि सेयर बजार घटेको छ। सुधारको अपेक्षाविपरीत सेयर बजार पुन: उतारचढावबीच गिर्दो अवस्थामा देखिएको हो।

images
images
images

बजारको अवस्थासँग विश्वस्त हुन नसकेका संगठित लगानीकर्ताका साथै नवप्रवेशीको समेत विश्वास बजारले जित्न सकेको छैन। 

images
images

बुधबार बजार ६.४६ अंकले घटेर २०२६.५९ बिन्दुमा झरेको छ। ८० कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २ अर्ब २४ करोड १९ लाख ६१  हजार रुपैयाँको कारोबार भएको छ। १५९ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

यो साता पहिलो कारोबारमा आइतबार २७.२१ अंकले घटेर २०३४.८२ बिन्दुमा झरेको बजार मंगलबार १.७६ अंकले घटेर २०३३.०६ बिन्दुमा पुगेको थियो। 

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि थप ओरालो लागेको सेयर बजार निरन्तर उतारचढावको अवस्थाबीच तलतिर नै देखिन्छ। सेयर बजारमा ओरालो यात्रा थामिएर केही दिनको कारोबार वृद्धितर्फ देखिने गरेको भए पनि स्थायी सुधारको आधार देखिँदैन। 

बैंकिङ क्षेत्रका समस्याका विषयमा समाचारहरू आइरहँदा पनि अर्थतन्त्रको अवस्था कता जान्छ भन्ने अनुमान लगानीकर्ताले गर्न सकेका छैनन्। केही बैंकमा देखिएको समस्याले अन्यतर्फ पनि विश्वासको वातावरण गुमिरहेको संगठित लगानीकर्ताहरू नै बताउँछन्। 

अहिलेको अवस्थाले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा रहेका लगानीकर्ताहरू अहिले निराश देखिएका छन्। उनीहरू अहिले बजारको अवस्था आँकलन गर्दै पर्ख र हेरकै स्थितिमा देखिन्छन्।  


प्रकाशित : बुधबार, फागुन ९ २०८०१५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend