बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

७ महिनामा पनि बढेन आयात, २.३१ प्रतिशतले ऋणात्मक

images
बुधबार, फागुन ९ २०८०
images
७ महिनामा पनि बढेन आयात, २.३१ प्रतिशतले ऋणात्मक

आयात तथा निर्यात दुवै घट्दा मुलुकको व्यापारघाटा करिब १.७७ प्रतिशतले घटेको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको सात महिनामा बितिसक्दा समेत आयात नबढेको भन्सार विभागको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा आयात २.३१ प्रतिशतले ऋणात्मक रहेको भन्सार विभागको तथ्यांकमा देखिएको हो।

images
images
images

यस अवधिसम्म कुल वस्तु आयात ८ खर्ब ९८ अर्ब बराबरको मात्रै भएको छ। गत वर्षको यसै अवधिमा ९ खर्ब १९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

images
images

निर्यात पनि गत वर्षको यसै अवधिको तुलनामा अहिले घटेको छ। गत वर्ष माघ मसान्तसम्मा ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

images
images

यस अवधिमा कुल ९८ अर्ब ४७ करोड रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय वस्तु व्यापार भएको छ। गत वर्षको यसै अवधिमा कुल अन्तर्राष्ट्रिय वस्तु व्यापार १ खर्ब १ अर्ब रुपैयाँ बराबर भएको थियो। गत आर्थिक वर्षको तुलनामा यस्तो अन्तर्राष्ट्रिय व्यापार २.७५ प्रतिशतले घटेको छ।

आयात तथा निर्यात दुवै घट्दा मुलुकको व्यापारघाटा करिब १.७७ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको माघ मसान्तसम्ममा वस्तु व्यापारघाटा ८ खर्ब २५ अर्ब रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब ११ अर्ब रुपैयाँ कायम भएको छ।


प्रकाशित : बुधबार, फागुन ९ २०८०११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend