सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनचाँदीको मूल्य स्थिर

मंगलबार, फागुन ८ २०८०
सुनचाँदीको मूल्य स्थिर

आइतबार प्रतितोला पाँचसय र सोमबार प्रतितोला चारसय रूपैयाँले बढेको सुनको मूल्य सोमबार भने स्थिर रहेको छ।

काठमाडौं- यो साता लगातार दुईदिन बढेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको छ। 

मंगलबार छापावाल सुन तोलामा एक लाख १८ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। 

सुनको मूल्य आइतबार प्रतितोला पाँचसय र सोमबार प्रतितोला चारसय रूपैयाँले वृद्धि भएको थियो।

सोमबार प्रतितोला १४ सय १० रूपैयाँ मूल्य तोकिएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

आइतबार प्रतितोला चारसय २० रूपैयाँले बढेको चाँदीको मूल्य सोमबार भने २० रूपैयाँले घटेको थियो।


प्रकाशित : मंगलबार, फागुन ८ २०८०११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend