शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेपाल एयरलाइन्सको खस्कँदो व्यापार

८३ दिनदेखि ग्राउन्डेड जहाज इजरायल लगेर थन्क्याइयो

मंगलबार, फागुन ८ २०८०
नेपाल एयरलाइन्सको खस्कँदो व्यापार

एउटा न्यारोबडीको दैनिक आम्दानी एक करोड रुपैयाँभन्दा बढी हुन्छ। जसबाट माघको आम्दानीमा समेत असर पर्ने निगम स्रोतको दाबी छ।

काठमाडौं- नेपाल वायु सेवा निगमको व्यापार निरन्तर खस्कँदो अवस्थामा छ। समयमा जहाज मर्मत गरेर उडानमा ल्याउन नसक्दा निगमको आम्दानीमा गिरावट आएको छ।

चालु आर्थिक वर्ष २०८०/०८१ को कात्तिककै तुलनामा पुसमा आइपुग्दा निगमको आम्दानीमा ४५ करोडले कमी आएको छ। निगमले प्रकाशन गरेको विवरणअनुसार कात्तिक, मंसिर र पुसमा निरन्तर आम्दानी घटेको छ।

यो घट्ने क्रम माघमा अझ बढ्ने निश्चित छ। निगमको एउटा न्यारोबडी जहाज नोभेम्बर ३० देखि ग्राउन्डेड छ। उक्त जहाज इजरायल लगेर राखिएको छ। ८३ दिनदेखि जहाज ग्राउन्डेड छ। मर्मत भएको इन्जिन हालेर जहाज कहिले नेपाल ल्याइन्छ भन्ने निश्चित छैन। 

एउटा न्यारोबडीको दैनिक आम्दानी एक करोड रुपैयाँभन्दा बढी हुन्छ। जसबाट माघको आम्दानीमा समेत असर पर्ने निगम स्रोतको दाबी छ।

मंसिर १५ देखि ग्राउन्डेड जहाज अझै उडानमा नआउँदा दैनिक हुने उडान तालिकामा समेत असर परेको छ। त्यसको प्रत्यक्ष असर आम्दानीमा पर्ने भएको छ। तर पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुनद किरातीले समेत कुनै चासो दिएका छैनन्।

nepal airlines .png

कात्तिकमा निगमको दुईवटा न्यरोबडी र दुईवटै वाइड बडी उडानमा रहेको थियो। जसका कारण एक महिनामै १ अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको थियो। तर जहाज ग्राउन्डेड भएसँगै निगमको आम्दानीमा असर परेको छ।

निगमको आम्दानी घटिरहँदा खर्च भने बढेको छ। निगमले कात्तिकमा १ अर्ब ७६ करोड आम्दानी गरेको थियो। तर मंसिरको आम्दानी १ अर्ब ५० करोडमा खुम्चिएको छ। मंसिरको तुलनामा पुसमा झन आम्दानीमा ठूलो गिरावट आएको छ। पुसमा निगमको आम्दानी १ अर्ब २० करोड रुपैयाँमा झरेको छ।  

कात्तिकमा भएको आम्दानीको तुलनामा मंसिरमा १७ करोड र पुसमा ४५ करोडले कमी भएको छ। यसैगरी मंसिरको तुलनामा पुसमा ३० करोड रुपैयाँले आम्दानी घटेको छ।


प्रकाशित : मंगलबार, फागुन ८ २०८०१७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend