सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

कामना सेवा विकास बैंकमा अब अनलाइनबाटै केवाईसी अद्यावधिक गर्न सकिने

सोमबार, फागुन ७ २०८०
कामना सेवा विकास बैंकमा अब अनलाइनबाटै केवाईसी अद्यावधिक गर्न सकिने

काठमाडौं- कामना सेवा विकास बैंकका ग्राहकले अब अनलाइन माध्यमबाटै आफ्नो केवाईसी विवरण अद्यावधिक गर्न सक्ने भएका छन्। बैंकले अनलाइनबाटै खाता खोली केवाईसी विवरण अद्यावधिक गर्ने सुविधा ल्याएको हो।

बैंकले यसको प्रक्रियाको विस्तृत विवरण राखेर एक भिडियोसमेत सार्वजनिक गरेको छ, जुन बैंकको फेसबुक पेज र वेबसाइटमा गएर हेर्न सकिन्छ। यो सुविधासँगै अब केवाईसी अद्यावधिक गर्न बैंकसम्म पुग्नुपर्ने झन्झट हटेको छ।

अनलाइन माध्ययमबाट खाता खोल्न सक्ने व्यवस्था यसअघि नै गरिएको भए तापनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नका लागि बैंकमा स्वयम् उपस्थित हुनुपर्ने अवस्था थियो। उक्त प्रविधिलाई थप परिष्कृत बनाउँदै ग्राहकहरुले अनलाइन खाता खोल्ने क्रममा बैंक प्रतिनिधिसँग आफूलाई पायक पर्ने समय तय गरेर वा अनलाइन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरी आफ्नो ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न सक्नेछन्।

बैंकले यो व्यवस्था ल्याएसँगै स्वदेश तथा विदेशमा रहेकाहरुले आफू अनुकूल विभिन्न प्रकारका खाता खोल्न सक्ने भएका छन्।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले आफ्नो खाता खोलेर डिम्याट, मेरो सेयरलगायतका सुविधाहरु प्रयोग गर्न सकिने बैंकले जनाएको छ। डिजिटल प्रविधिलाई अधिकतम प्रयोग गर्दै आइरहेको बैंकले देशका विभिन्न स्थानमा रहेका १ सय ३५ सञ्जाल तथा ७७ वटा एटीएमबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ। 


प्रकाशित : सोमबार, फागुन ७ २०८०११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend