सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तोलामा चारसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

सोमबार, फागुन ७ २०८०
तोलामा चारसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने आज घटेको छ। चाँदी आज प्रतितोला एक हजार ४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- यो साता लगातार दोस्रो दिन पनि सुनको मूल्य बढेको छ। आइतबार तोलामा पाँचसय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला चारसय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४ सय ५० रूपैयाँ कायम छ।

चाँदीको मूल्य भने आज घटेको छ। आइतबार तोलामा २० रूपैयाँले बढेको चाँदीको मूल्य सोमबार प्रतितोला २० रूपैयाँले घटेको छ। चाँदी आज प्रतितोला एक हजार ४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

 


प्रकाशित : सोमबार, फागुन ७ २०८०१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend