सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

एमजीका डीसी चार्जर मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड हुने, १५ दिन सेवा बन्द हुने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन ६ २०८०
एमजीका डीसी चार्जर मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड हुने, १५ दिन सेवा बन्द हुने

एमजीले फागुन ७ गतेदेखि मर्मत र सफ्टवेयर अपग्रेडका लागि आफ्नो सेवा अवरूद्ध रहने जानकारी गराएको छ।

काठमाडौं- एमजी (मोरिस ग्यारेज) मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले नेपालभर रहेका एमजीका ३० किलोवाटका चार्जिङ स्टेसनहरू मर्मत तथा अपग्रेड गर्ने भएको छ। 

एमजीले फागुन ७ गतेदेखि मर्मत र सफ्टवेयर अपग्रेडका लागि आफ्नो सेवा अवरूद्ध रहने जानकारी गराएको छ।

मर्मत, अपग्रेड र नयाँ सफ्टवेयर स्थापना गर्ने प्रक्रिया पूरा हुन १५ दिन लाग्ने कम्पनीले बताएको छ। यस समयमा सबै ३० किलोवाट डीसी चार्जिङ स्टेसनहरू अस्थायी रूपमा उपलब्ध हुने छैनन्।

पारामाउन्ट मोटर्सले यो १५ दिनको अवधिमा वैकल्पिक चार्जिङ स्टेसनको प्रयोग गर्न एमजी जेडएस ईभी प्रयोगकर्तालाई आग्रह गरेको छ। यसबाट ग्राहकमा पर्न जाने असहजता एवम् असुविधाका लागि क्षमा मागेको छ।

यो अन्तराल आगामी दिनमा सहज सेवाहरू प्रदान गर्नका लागि आवश्यक भएको र यसले ग्राहकहरूको एमजीसँगको अनुभवलाई अझ राम्रो बनाउने कम्पनीले दाबी गरेको छ।

पारामाउन्ट मोटर्स यस मर्मतसम्भार अवधिमा आफ्ना ग्राहकहरूको बुझाइ र सहयोगको लागि कृतज्ञता व्यक्त गर्दछ । यी सुधारहरूले अन्ततः एमजीसँगको अनुभवमा ठुलो योगदान पु¥याउनेछन्।


प्रकाशित : आइतबार, फागुन ६ २०८०१८:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend