शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

एमजीका डीसी चार्जर मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड हुने, १५ दिन सेवा बन्द हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन ६ २०८०
images
एमजीका डीसी चार्जर मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड हुने, १५ दिन सेवा बन्द हुने

एमजीले फागुन ७ गतेदेखि मर्मत र सफ्टवेयर अपग्रेडका लागि आफ्नो सेवा अवरूद्ध रहने जानकारी गराएको छ।

images
images

काठमाडौं- एमजी (मोरिस ग्यारेज) मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले नेपालभर रहेका एमजीका ३० किलोवाटका चार्जिङ स्टेसनहरू मर्मत तथा अपग्रेड गर्ने भएको छ। 

images
images
images

एमजीले फागुन ७ गतेदेखि मर्मत र सफ्टवेयर अपग्रेडका लागि आफ्नो सेवा अवरूद्ध रहने जानकारी गराएको छ।

images
images

मर्मत, अपग्रेड र नयाँ सफ्टवेयर स्थापना गर्ने प्रक्रिया पूरा हुन १५ दिन लाग्ने कम्पनीले बताएको छ। यस समयमा सबै ३० किलोवाट डीसी चार्जिङ स्टेसनहरू अस्थायी रूपमा उपलब्ध हुने छैनन्।

images
images

पारामाउन्ट मोटर्सले यो १५ दिनको अवधिमा वैकल्पिक चार्जिङ स्टेसनको प्रयोग गर्न एमजी जेडएस ईभी प्रयोगकर्तालाई आग्रह गरेको छ। यसबाट ग्राहकमा पर्न जाने असहजता एवम् असुविधाका लागि क्षमा मागेको छ।

यो अन्तराल आगामी दिनमा सहज सेवाहरू प्रदान गर्नका लागि आवश्यक भएको र यसले ग्राहकहरूको एमजीसँगको अनुभवलाई अझ राम्रो बनाउने कम्पनीले दाबी गरेको छ।

पारामाउन्ट मोटर्स यस मर्मतसम्भार अवधिमा आफ्ना ग्राहकहरूको बुझाइ र सहयोगको लागि कृतज्ञता व्यक्त गर्दछ । यी सुधारहरूले अन्ततः एमजीसँगको अनुभवमा ठुलो योगदान पु¥याउनेछन्।


प्रकाशित : आइतबार, फागुन ६ २०८०१८:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend