शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

निर्माण कम्पनीहरूलाई मर्ज गरी पब्लिक कम्पनीमा लैजान मन्त्री झाँक्रीको सुझाव

बुधबार, मंसिर २२ २०७८
निर्माण कम्पनीहरूलाई मर्ज गरी पब्लिक कम्पनीमा लैजान मन्त्री झाँक्रीको सुझाव

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावलीमा नभई कानुनमै संशोधन आवश्यक भएको बताएकी छन्। 

काठमाडौं- शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावलीमा नभई कानूनमै संशोधन आवश्यक भएको बताएकी छन्। 

१४ औं निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले बुधवार राजधानीमा र्‍याली निकाल्नु अघि गरेको सभामा मन्त्री झाँक्रीले निर्माण व्यवसायी मैत्री कानून आवश्यक भएको बताइन्। 

निर्माण उद्योगमा योजना छनौटदेखि कार्यान्वयन चरण सम्म समस्या रहेकाले कानून संशोधन अपरिहार्य भएको उनले बताए।सरोकारवाला पक्षहरूको सुझाव सहित सरकार नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारीमा रहेको जानकारी मन्त्री झाँक्रीले दिइन। ‘देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि निर्माण उद्योग सशक्त हुनु जरुरी छ’ मन्त्री झाँक्रीले भनिन्। 

समाज र सिङ्गो मुलुकले निर्माण व्यवसायीलाई इज्जत दिनु जरुरी रहेको भन्दै उनले निर्माण व्यवसायीहरूलाई पनि आफ्नो क्षमता अभिवृद्धि गर्न सुझाव दिइन्।

निर्माण कम्पनीहरूलाई मर्ज गरी पब्लिक कम्पनीमा लैजान आग्रह गर्दै उनले निर्माण उद्योगमा क्रियाशील श्रमीकहरूको हक हितलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्। 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको विकास विस्तार विना समृद्ध मुलुकको परिकल्पना असम्भव रहेको बताए। निर्माण उद्योगमा धेरै समस्या रहेको भन्दै उहाँले वर्तमान सरकारले व्यवसायी मैत्री ऐन नियम ल्याउनेमा महासंघ आशावादी रहेको समेत बताए। 


प्रकाशित : बुधबार, मंसिर २२ २०७८०८:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend