सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

नेपालपे क्यूआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

आइतबार, फागुन ६ २०८०
नेपालपे क्यूआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

फागुन ५ गतेबाट फागुन २० गतेसम्म उपलब्ध हुने यो अफर अवधिभर ग्राहकले ३ पटकसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- अब ग्राहकहरुले नेपालपे क्यूआर स्क्यान गरी सेल्सबेरीमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन्। उक्त अफर नेपालभर रहेका सम्पूर्ण सेल्सबेरीको स्टोरहरुमा फागुन ५ गतेबाट फागुन २० गतेसम्म उपलब्ध हुनेछ।

उक्त अफरमा ग्राहकहरुले सेल्सबेरीको स्टोरमा सामान खरिद गर्दा स्टोरमा रहेको डाइनामिक क्यूआर स्क्यान गरी भुक्तानी गरी प्रतिदिन एक कारोबारमा क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने अफर अवधिभर ३ पटकसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपालपे क्यूआरमा ४ लाख ६५ हजार र स्मार्ट क्यूआरको २ लाख ५० हजार समेत गरी ७ लाख १५ हजारभन्दा बढी मर्चेन्टहरु आबद्ध गरेको कम्पनीले जनाएको छ।


प्रकाशित : आइतबार, फागुन ६ २०८०१२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend