सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्तिबाट सेवा लिँदा छुट पाउने

आइतबार, फागुन ६ २०८०
नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्तिबाट सेवा लिँदा छुट पाउने

बैंकले देशभर २ सय ६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएमबाट १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

काठमाडौं- नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन्। यस्तो छुट उपलब्ध गराउने सवालमा बैंक र हेयर एण्ड शान्तिबीच समझदारी गरिएको हो।

समझदारी पत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन विभागका प्रमुख निरज शर्मा र हेयर एण्ड शान्तिका युनिसेक्स सलुनकी सञ्चालक बिनीता बुढाथोकीले हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार नबिल बैंकका ग्राहकले नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, एन बैंक वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

यस्तो छुट हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर-पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्यलगायत सम्पूर्ण सेवामा उपलब्ध हुने उल्लेख गरिएको छ। नबिल बैंक र हेयर एण्ड शान्तिबीच भएको समझदारीले नबिल बैंकका ग्राहकलाई सहुलियत मूल्यमा सौन्दर्यमा सेवा लिन सहयोग पुग्नेछ।

बैंकले देशभर २ सय ६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। नबिल बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : आइतबार, फागुन ६ २०८०११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend